सरकारले शिक्षक संघ संगठनलाई मान्यता नदिने,संलग्न भए कारबाही हुने : शिक्षामन्त्री पुन

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले पेसागत आचरणविपरीत राजनीतिक गतिविधिमा संलग्न भइरहेको गुनासो बढेको भन्दै त्यस्ता क्रियाकलापमा संलग्न हुनेलाई बर्खास्तीसम्मको कारबाही हुने चेतावनी दिएका छन्।

Workplace

आइतबार जारी सूचनामार्फत मन्त्री पुनले कुनै पनि पेसागत ऐनले सेवामा कार्यरत शिक्षक वा कर्मचारीलाई पेसागत हकहित र अधिकारका लागि सौदाबाजी बाहेक अन्य राजनीतिक क्रियाकलापमा संलग्न हुन अनुमति नदिएको स्पष्ट पारेका छन्।

‘राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा प्रचलित कानुनअनुसार पदबाट बर्खास्त गर्न सकिने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछौं,’ मन्त्री पुनले भनेका छन्।

उनले दलका भ्रातृ तथा शुभेच्छुक संगठनको रूपमा गठन गरिएका शिक्षक, प्राध्यापक र कर्मचारीका विभिन्न संघ–संगठनलाई शिक्षा मन्त्रालयले अब मान्यता नदिने निर्णय गरेको पनि जानकारी दिएका छन्।

मन्त्री पुनले शिक्षक र कर्मचारीको संवैधानिक हकको सम्मान गर्दै शिक्षक महासंघलगायतका सबै संघ–संगठनलाई गैरराजनीतिक, स्वतन्त्र र पेशागत बनाउन कानुनी प्रबन्धसहित पुनर्गठन गर्न निर्देशन दिएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?