नक्कली जग्गा धनी श्रेस्ता बनाई १ करोड २० लाख   ठगी गर्ने ३ जना पक्राउ 

काठमाण्डौ – एक करोड बीस लाख  ठगी धन्दामा  प्रहरीले ३ जना अभियुक्तलाई पक्राउ गरेको छ। घटनामा संलग्न व्यक्तिहरूले नक्कली जग्गा धनीको प्रमाणपत्र  बनाएर  बैंकबाट ठूलो रकम ठगी गरेका थिए। बाँकेको डुडुवा गा.पा. वडा नं. ५ स्थित रेशमा श्रेष्ठको नाममा दर्ता गरिएको नक्कली जग्गाको कागजातलाई आधार बनाएर मुक्तिनाथ विकास बैंक लिमिटेड काठमाण्डौ शाखाबाट १ करोड २० लाख रुपैयाँको कर्जा लिएको प्रहरीले जनाएको छ ।

Workplace

पक्राउ पर्नेमा जिल्ला काभ्रेपलान्चोक, बनेपा नगरपालिका वडा नं. १ का २२ वर्षीय गौरव कार्की, ३५ वर्षीया ईश्वरी माया रोका र जिल्ला बारा, जितपुर नगरपालिका वडा नं. ३ का दिलिप कुमार सिंह रहेका छन्। यी तीन जना व्यक्तिहरूले मिलेर उक्त ठगी कार्यमा  अंजाम दिएको भन्दै प्रहरीले उनीहरूलाई  पक्राउ  गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले काठमाण्डौको बुद्दनगर र कोटेश्वरबाट उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। यस अपराधमा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान गर्न प्रहरीले अनुसन्धान अगि बडाएको नेपाल खोजखबर लाई प्रहरी नायव उपरीक्षक आयुश प्रसाद जोशीले बताएका छ्न ।

प्रहरीका अनुसार, नक्कली कागजात निर्माण र ठगीका घटनामा संलग्न  रहेका व्यक्तिहरूलाई थप अनुसन्धान भइ रहेको  र कडा कारबाही गरिने सुचना अधिकारी एंव प्रवक्ता आयुश प्रसाद जोशिले नेपाल खोजखबर लाई  बताएका छ्न ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?