नवलपरासीको टायल फ्याक्ट्रीमा दुई मजदुर मृत अवस्थामा फेला

रबिन्द्र यादव १७ पुस -नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका–१२ कजडैया स्थित एक टायल फ्याक्ट्रीमा ड्युटीमा खटिएका दुई मजदुर मृत अवस्थामा फेला परेका छन् ।

Workplace

प्रहरीका अनुसार पुस १६ गते साँझ अन्दाजी ८ बजेदेखि ड्युटीमा रहेका उनीहरू १७ गते बिहान फ्याक्ट्रीको पोलिसिङ फ्लोरमा गत्ता ओछ्याएर सुते कै अवस्थामा मृत फेला परेका हुन् । घटनाबारे कम्पनीका म्यानेजर रमेश न्यौपानेले बिहान करिब ९:२० बजे अस्थायी प्रहरी पोष्ट भटौलियामा जानकारी गराएका थिए ।

- Advertisement -Workplace

सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट भटौलिया, इलाका प्रहरी कार्यालय सेमरी तथा बर्दघाटबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक जाँचमा मृतकको शरीरमा बाहिरी चोटपटक नदेखिएको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
मृतकको पहिचान बर्दघाट नगरपालिका–१३ धनेवाका करिब ४० वर्षीय होम बहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्लाका करिब ३० वर्षीय विनोद कुमारको रूपमा खुलेको छ । दुवै मृतकका आफन्तलाई खबर गरिसकिएको प्रहरीले जानकारी दिएको छ ।

घटनापछि बिहान करिब १०:३० बजे ठूलो संख्यामा स्थानीय बासिन्दा घटनास्थलमा भेला भई कम्पनी भित्र प्रवेश गर्न खोज्दा केही समय तनावको अवस्था सिर्जना भएको थियो । प्रहरीले थप सुरक्षा व्यवस्था गर्दै स्थानीयसँग समझदारी गराएर स्थिति नियन्त्रणमा लिएको जनाएको छ ।घटनाले औद्योगिक क्षेत्रमा मजदुरको सुरक्षासम्बन्धी प्रश्न उठाएको छ । प्रहरीले घटनाको सूक्ष्म अनुसन्धानपछि थप विवरण सार्वजनिक गर्ने जनाएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?