महाकुम्भ यात्राबाट फर्कंदै गर्दा भीषण दुर्घटना: रुपन्देहीका ३ जनाको मृत्यु, ५ घाइते

बुटवल । भारतको महाकुम्भ मेला स्नान गरेर फर्किंदै गरेका रुपन्देहीको देवदहका तीर्थयात्री सवार गाडी दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

Workplace

दुर्घटनामा देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गंगा शर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रहरीका अनुसार तीर्थालु सवार गाडी भारत उत्तर प्रदेशको आजमगढ-वाराणसी सडकखण्डमा डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो। भारतीय नम्बर प्लेट (युपी ५३ एफडी ४२८८) भएको उक्त गाडी अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको बताइएको छ।

दुर्घटनामा परी चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेहरूमा देवदह-९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र गाडी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन्। उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि गोरखपुर रेफर गरिएको छ।

फागुन ३ गते तीर्थयात्राका लागि देवदहबाट ३५ जना श्रद्धालु पाँचवटा गाडीमा भारत गएका थिए। नेपाल फर्कने क्रममा तीमध्ये एक गाडी दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?