icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

२०८४ को निर्वाचनमा रास्वपा पहिलो शक्ति बन्ने सम्भावना : समाजसेवी एवं वरिष्ठ पत्रकार ‘सहयोगी’ बी.सि.

लुम्बिनी अर्घाखाँची  – समाजसेवी एवं वरिष्ठ पत्रकार ‘सहयोगी’ बी.सि.ले २०८४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो शक्ति बन्ने प्रवल सम्भावना देखिएको बताएका छन्।

Workplace

उनका अनुसार २०४६ सालको प्रजातन्त्र पुनःस्थापनापछि तत्कालीन नेकपा (माले)ले टोलटोलमा पुगेर सबै किसिमका मानिसलाई पार्टीमा सहज सदस्यता दिँदै जनतालाई गोलबन्द बनाउन सफल भएकै कारण नेकपा एमाले आजसम्म शक्तिशाली पार्टी बनेको उनले बताएका छ्न । “राम्रो गरे वा नराम्रो गरे, २–२ पटक पार्टी फुट्यो तर पनि एमाले आजसम्म बलियो छ,” बी.सि.ले स्मरण गर्दै सामाजिक संजाल फेसबुकमा लामो पोस्ट गरेका छ्न ।

तर, त्यही समयमा मसालले सदस्यता दिन आनाकानी गरेको, पञ्चायतका मान्छेलाई पार्टीमा नलिएर निर्वाचन बहिष्कार गर्ने निर्णयले आफ्नै संगठनलाई कमजोर पार्दै गयो। “यदि २०४८ सालमा निर्वाचन बहिष्कार गरेको निर्णय नगरेको भए, पार्टी फुट्ने थिएन। संयुक्त जनमोर्चा हुँदै माओवादी जन्मिने थिएन, सायद जनयुद्धसम्म पुग्ने स्थिति पनि नआउने थियो,” बी.सि.ले उल्लेख गरेका छ्न

यस्तै, अहिले रास्वपाले सभापति रवि लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधविरुद्ध जनतामाझ हस्ताक्षर अभियान चलाएर ठूलो जनसमर्थन बटुलिरहेको उनले उल्लेख गरे। “रविलाई कारागारमा हालियो भन्ने राजनीतिक प्रतिशोधको भावना देखाउँदै रास्वपाले ४० लाख हस्ताक्षर अभियान सुरु गरेको छ र अझै अभियानमै छ ।  पुराना–नयाँ, युवा–वृद्ध सबै रास्वपामा आकर्षित भइरहेको उनले बताएका छ्न ।

बी.सि.का अनुसार हस्ताक्षर अभियानमार्फत पार्टीले जनताको ठेगाना, मोबाइल नम्बर र हस्ताक्षर सुरक्षित राखेको छ, जसले गर्दा आगामी निर्वाचनमा ती हस्ताक्षरकर्ता प्रत्यक्ष सम्पर्कमा आउने सुनिश्चित हुने छ ।
“रविलाई दोषी ठहर गरेर जेल पठाइए पनि उनका समर्थकले रास्वपा नै भन्छन्। त्यसैले २०८४ को निर्वाचनमा रास्वपा पहिलो शक्ति हुने लक्षण प्रष्ट देखिएको  बी.सि.को धारणा छ।

उनले विगतमा जनताले नेकपा (एमाले) र नेकपा (माओवादी) एकीकरणपश्चात बनेको पार्टीलाई बहुमत दिए पनि त्यसले जनमत सदुपयोग गर्न नसकेको आरोप लगाए।
“जनताले कांग्रेस, एमाले, माओवादीलाई परिक्षा गरिसके। अब २०८४ मा एक पटक रास्वपाको गठबन्धनलाई बहुमत दिन्छन् भन्ने देखिन्छ। जनताले परिक्षा गर्नेछन्,” बी.सि.ले उल्लेख गरेका छ्न ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • आक्रोशित ()
  • हाँस्यास्पद ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?