काठमाडौ – राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र , स्वागत नेपालसहित १७ जना पक्राउ नवराज सुवेदी घरमै नजरबन्द राजधानीमा जारी राजावादी आन्दोलनका क्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार काठमाडौंको विभिन्न स्थानमा भएका प्रदर्शनहरूमा झडप भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार, निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शन जारी राखिएको थियो, जसले गर्दा शान्ति सुरक्षामा चुनौती उत्पन्न भएको भन्दै कडाइ गरिएको हो। आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रहरीले बल प्रयोग गर्नु परेको दाबी गरेको छ।
राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै राजावादी समूहले प्रदर्शनको आयोजना गरेको थियो। तर, झडपको अवस्था सिर्जना भएसँगै प्रहरी हस्तक्षेप भएको थियो। प्रदर्शनकारीहरूले सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गरेको र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको आरोप लगाइएको छ।
गृहमन्त्रालयले निषेधाज्ञा उल्लंघन गर्दै हिंसात्मक गतिविधि बढेकाले पक्राउ गरिएको स्पष्ट पारेको छ। राप्रपाका नेताहरू कार्यकर्ताहरू लगायत राजावादी मोर्चा मा हुमियाका स्वागत नेपाल लगायतको टोलि पनि पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेकाहरूलाई हाल प्रहरी हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने कि नछाड्ने भन्ने विषयमा गृह मन्त्रालय र सुरक्षा निकायहरूले छलफल गरिरहेका छन्। भने यतिबेला नेपाली आर्मिले मोर्चा समालेको छ सुरक्षामा ।
यो घटनाले नेपालको राजनीतिक वातावरणलाई थप चर्काउने संकेत देखिएको छ। आन्दोलनकारीहरू आफ्नो आन्दोलनलाई अझ सशक्त बनाउने योजनामा छन् भने सरकारले कानुन विपरीतका गतिविधिलाई रोक्ने बताएको छ। दुबै पक्ष संयुक्तरूपमा बसेर छलफल नगरी एक अर्को प्रती प्रतिद्वन्दी भए भने नेपाली राजनीतिमा ठुलो उथलपुथल सहित धेरै खतरापूर्ण हुने संकेत गर्दा छ ।
