अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पतालमा शव राख्ने फ्रिज महिनौँदेखि बिग्रिएको छ । मृतकलाई सुरक्षित राख्ने फ्रिज नभएपछि अहिले पनि आफन्तहरू काठको बाकसमा आइस राखेर शव सुरक्षित राख्न बाध्य भएका छन् ।

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिकामा फ्रिज बिग्रिएको विषय यसअघि नै जिल्ला र देशव्यापी रूपमा चर्चामा आइसकेको थियो । सोही क्रममा सम्बन्धित निकायले पत्रकार सम्मेलनमार्फत तत्काल मर्मत हुने र आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिने प्रतिबद्धता जनाएको थियो । तर आजसम्म पनि उक्त फ्रिज मर्मत नभएर मृतकलाई आइससहित बाकसमा राख्नुपर्ने बाध्यता सिर्जना हुनु प्रदेश सरकार र सम्बन्धित निकायहरूको संवेदनशीलतालाई प्रश्नमा ल्याएको छ ।
यतिबेला अर्घाखाँचीका नागरिक र स्वतन्त्र युवाहरू खुलेरै बोल्न थालेका छन् । उनीहरूले सरकार निकम्मा भए आफूहरू मिलेर सहयोग गर्न पछाडि नहट्ने चेतावनी दिएका छन् । तर बारम्बार जनस्तरबाट आवाज उठ्दा पनि प्रदेश सरकारले वास्ता नगर्नु दुःखद भएको स्थानीयवासीहरूको भनाइ छ ।
देशमा केही दिन पोहिला जनगुनासो व्यवस्था हुदा भ्रष्टाचार व्यापक चरम सिमा नागे पोछी जन्ता सडकामा आए र देशमा अकल्पनीय क्षती हुन पुगेको थियो । अझै पनि सम्बन्धि सरकार वाला र सम्बन्धि निकायको ध्यानाकर्षण नहुने हो भने अर्घाखाँची जिल्लामा जन्ता आक्रोशित नहोलान भन सकिदैन सरकार र संबंधित निकाएको ध्यानाकर्षण गराउन चाहान्छौ ।
मुख्यमन्त्री चेतनारायण आचार्यकै गृहजिल्लामा यस्तो अवस्था हुँदा प्रश्नहरू उब्जिएका छन् ।सरकार वाला र संबंधित निकाय लाई नेपाल खोजखबरको प्रश्न ।
१ जनताको जीवन र मृत्यु दुवैलाई सरकार यसरी उपेक्षा गर्न सक्ने हो भने स्वास्थ्य सेवाको अस्तित्व केका लागि ?
२ प्रदेश र संघीय सरकार दुवैको प्राथमिकतामा जनस्वास्थ्य कहिलेसम्म बाहिरै रहिरहने हो ?
शवगृहमा फ्रिज मात्र होइन, अस्पतालमा अन्य अत्यावश्यक उपकरणहरूको समेत दीर्घकालीन योजना बनाउनुपर्ने बेला आएको छ । एउटा साधारण फ्रिज नहुँदा उत्पन्न हुने पीडा र अपमानजनक अवस्था सरकारले बुझ्नैपर्छ ।
हाम्रो सुझाब हाम्रो मिडिया जनमुखी दृष्टिकोण राख्छ र सरकारसँग सहकार्य गरेर समाज र देशको लागि निरन्तर सहयोग गर्न सधैं तत्पर छ। एक प्रतिष्ठित मिडियाको नाताले यस्ता विषय उजागर गर्नु हाम्रो दायित्व हो, समाधान खोज्न सहयोग गर्नु हाम्रो प्रतिवद्धता हो।
१ तुरुन्तै नयाँ फ्रिज उपलब्ध गराई मर्मत वा प्रतिस्थापन गर्ने दायित्व सरकारले लिनुपर्छ।
२ अर्घाखाँची मात्र होइन, सबै जिल्लाका अस्पतालमा शवगृह, उपकरण र जनशक्ति व्यवस्थापन गर्न प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता छ।
३ जनगुनासोलाई बेवास्ता गर्ने प्रवृत्ति अन्त्य गर्दै सरकार जिम्मेवार देखिनु अपरिहार्य छ।
हाम्रो पुनः प्रश्न जनताको गुनासो सुन्न सरकार र सम्बन्धि निकाय किन यति उदासीन ?”
