बुटवलमा छिमेकी लघुवित्त वित्तिय संस्थाले गर्यो गुनासो सुनुवाइ भेला सम्पन्न

खिम खड्का 

Workplace

२८ माघ, बुटवल – बुटवलमा छिमेकी लघुवित्त वित्तिय संस्थाले १८ औं ग्राहक सदस्य गुनासो सुनुवाइ (इकाइ भेला) कार्यक्रम सम्पन्न गरेको छ ।

- Advertisement -Workplace

आज बुटवलमा भएको कार्यक्रममा छिमेकी लघुवित्त वित्तिय संस्था लिमिटेडका अध्यक्ष तथा आजको कार्यक्रमा प्रमुख अतिथी रामचन्द्र जोसीले लघुवित्तले ग्रामिण तथा अन्य क्षेत्रमा गरिवी निवारण र आय आर्जनको क्षेत्रमा जनताहरुलाइ सवल बनाउने उदेस्यले काम गरेको तर लघुवित सदस्यहरुले जुन उदेश्यले कर्जा लैजानुहुन्छ त्यो अनुरुप पैसाको प्रयोग र सदुपयोग नगर्दा समस्या पैदा भएको बताए ।

अध्यक्ष जोसीले लघुवित्त सदस्यहरुले इमानदारीता पुर्वक एउटा मात्रै लघुवित्त बाट कारोवार गर्ने वा रिण लैजानुपर्नेमा धेरै लघुवित्तको सदस्य बन्ने गरेको र धेरै बाट रिण लैजादा समयमै नियमपुर्वक रिण तिर्न नसक्दा समस्याहरु उत्पन्न हुने हुदा यसबाट सबै जना सचेत हुनुपर्ने बताए ।

आजको गुनासो सुनुवाइ भेलामा लुम्बिनी प्रदेश प्रमुख रामनाथ महतोका साथै टेकराज पन्थ, संजय राज बिष्ट, राजेन्द्र पन्थ लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता दिपक पाण्डेको थियो। बुटवल शाखाले आयोजना गरेको गुनासो सुनुवाइ भेलामा २३५ जना सदस्यहरुको सहभागिता रहेको छिमेकी लघुवित्त वित्तिय संस्था लिमिटेडका बुटवल शाखा प्रवन्धक तथा कार्यक्रमको संयोजक प्रकाश सङ्ग्रौलाले बताए ।

यस प्रकारको कार्यक्रम देशैभरका १ सय ९७ वटा शाखाहरु बाट प्रत्येक बर्ष हुने संयोजक सङ्ग्रौलाले जानकारी दिए । हाल लघुवित्तले नेपाल सरकारले तोकेको ब्याजदर १५ प्रतिशत ब्याजमा कर्जा प्रवाह गरिरहेका छन भने एकल महिला , दलित महिला, अपाङ्ग महिला, द्वन्द पिडित , जेष्ठ नागरिक, मुक्त कमैया र हलियाको हकमा भने १४ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह भैरहेको बताइएको छ । छिमेकी लघुवित्त वित्तिय संस्था लिमिटेड बुटवलले आज बुटवल इकाइमा पर्ने सदस्यहरुका छोरीहरु मध्ये शिक्षामा उत्कृष्ट १० छोरीहरुलाई प्रति विधार्थी ३६०० का दरले ३६ हजार प्रदान गरिने बताउदै २०८० माघ देखि २०८१ पौष सम्म ७३ जना सुत्केरीहरुको लागी पोषणको लागी १ लाख ४६ हजार प्रदान गरिएको समेत शाखा प्रवन्धक सङ्ग्रौलाले जानकारी दिए ।

साथै उनले लघुवित्तले कृषि तथा पशुपालन सम्बन्धी तालिम लगायत अन्य उत्पादनका धेरै क्षेत्रमा काम गर्दै आइरहेको बताए । हाल बुटवल शाखा अन्तर्गत १७६ इकाइमा ३६ सय ३६ सदस्यहरु रहेको बताइएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?