icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

भ्रष्टाचारमा संलग्न मन्त्रीहरूको छानबिन नभएसम्म सदन अवरुद्ध गरिरहन्छौँ : लिङदेन

काठमाडौ –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारमा रहेका मन्त्रीहरू भ्रष्टाचारमा संलग्न रहेको गम्भीर आरोप लगाउँदै ती विषयमा छानबिनका लागि उच्चस्तरीय आयोग गठन नभएसम्म संसद्मा निरन्तर विरोध जारी रहने चेतावनी दिएका छन्।

Workplace

 

 

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै लिङदेनले पछिल्लो समय ‘भिजिट भिसा’ प्रकरणमात्र नभई दर्जनौँ मन्त्रीहरूमा समेत भ्रष्टाचार, कमिसन र अनियमितताको आरोप आइरहेको उल्लेख गरे।

उनले भने, “मन्त्रीहरूकै संलग्नतामा बजार मूल्य कृत्रिम रूपमा बढाएर कमिसन खाएको, अनियमितता गरेको कुरा सार्वजनिक हुँदै गइरहेका छन्।

ती सबै विषयको गहिरो छानबिनका लागि स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय न्यायिक आयोग गठन गरिनुपर्छ। त्यो नभएसम्म संसद्मा हाम्रो विरोध जारी रहनेछ।”

साथै उनले सरकारलाई समयमै आत्मसमीक्षा गर्न आग्रह गर्दै, आवश्यक परे आफूहरू सडक संघर्षमा जान समेत पछि नहट्ने स्पष्ट पारे।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?