मेयर हर्क साम्पाङले ‘श्रम संस्कृति पार्टी’ दर्ता गर्न निवेदन : चुनाव चिह्नका लागि माटाको ढिस्को

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ (हर्क साम्पाङ) ले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

Workplace

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मेयर साम्पाङले आइतबार निवेदन दिएका हुन्। उनले दलको नाम “श्रम संस्कृति पार्टी” रहने प्रस्ताव गरेका छन् भने चुनाव चिह्नका लागि माटाको ढिस्को रोजिएको छ।

- Advertisement -Workplace

प्रवक्ता भट्टराईले जानकारी दिँदै भने, “हर्कराज राईलाई पार्टी संयोजक बनाइ दल दर्ताका लागि निवेदन पर्न आएको छ,”।

लामो समयदेखि तयारी गरि रहेका मेयर साम्पाङले केही समयदेखि दल दर्ताको तयारी गर्दै आएका थिए। सामाजिक सञ्जाल र जनसभामार्फत उनले राजनीतिक संगठित यात्रा अगाडि बढाउने संकेत दिंदै आएका थिए।

उनी स्थानीय चुनावबाट चर्चामा २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा लौरो चिह्न लिएर प्रतिस्पर्धा गरेका साम्पाङ २० हजार ८२१ मत प्राप्त गर्दै धरानका मेयर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १६ हजार ५९ मत प्राप्त गरेका थिए।

उनको उम्मेदवारी र विजयलाई त्यसबेला देशभर चर्चा गरिएको थियो। सामान्य जनजीवनसँग नजिकको प्रचारशैली, सादगीपूर्ण छवि र परिवर्तनको चाहनाले उनलाई लोकप्रिय बनाएको विश्लेषण गरिएको थियो ।

नयाँ दलको भविष्यतर्फको दृष्टि गेर्दा   अब साम्पाङले दर्ता प्रक्रियापछि दललाई औपचारिक रूपमा अघि बढाउने तयारी गरेका छन्। श्रम र संस्कृतिलाई केन्द्रविन्दुमा राखेको पार्टी नाम र चुनाव चिह्नले जनताको मन जित्ने रणनीति लिएको उनको नजिक भएर काम गर्ने केही जानकार हरुले नेपाल खोज खबर लाई बताएका छ्न ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?