प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते अमेरिका जादै

समाचार सारांश
Auto Generated by AI
  • प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदै हुनुहुन्छ।
  • असोज ८ गते हुने महासभालाई उहाँले सम्बोधन गर्दै नेपालका जलवायु जोखिम र विपद्का मुद्दाहरू उठाउनुहुनेछ।
  • भ्रमणका क्रममा प्रधानमन्त्रीले विभिन्न राष्ट्रका प्रतिनिधिहरूसँग द्विपक्षीय तथा उच्चस्तरीय भेटवार्ता गर्नुहुनेछ।

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ गते अमेरिका जाने भएका छन्। यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने तयारी गरिए पनि पछिल्लो निर्णयअनुसार प्रधानमन्त्री स्वयं महासभामा सहभागी हुन लागेका हुन्।

Workplace

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले असोज ८ गते महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नेछन् भने असोज ९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई, सहसचिवहरू कृष्णप्रसाद ढकाल र कुमारराज खरेल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापाका साथै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, निजी सचिवद्वय सुभाष शर्मा र प्रदीप परियार तथा फोटोग्राफर विनय शाक्य रहनेछन्।

महासभाका क्रममा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले विभिन्न मुलुकका प्रतिनिधि, समकक्षी तथा उच्च अधिकारीहरूसँग द्विपक्षीय र साइडलाइन भेटवार्ता गर्नेछन्, जसको कूटनीतिक समन्वय परराष्ट्र मन्त्रालय र न्यूयोर्कस्थित नेपाली स्थायी नियोगले गर्नेछन्।

महासभाको सम्बोधनका क्रममा नेपालले भोगिरहेको जलवायु जोखिम, जलवायुजन्य विपद्, जलवायु न्याय तथा अन्तर्राष्ट्रिय सहयोगका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ।

यसैक्रममा पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको क्षतिलाई समेत अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिनेछ। प्रधानमन्त्रीको यो भ्रमण छोटो अवधिको हुनेछ र सरकारले अन्तिम भ्रमण कार्यक्रम औपचारिक रूपमा सार्वजनिक गरेपछि प्रतिनिधिमण्डलको टोलीमा केही परिवर्तन हुन सक्नेछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?