आज मिति २०८२ वैशाख १२ गते शुक्रबार आजको राशीफल

 

Workplace

मेष : आज तपाईंको लागि दिन सामान्य छ। संकटमा साथीको सहयोग प्राप्त हुनेछ। धन र ज्ञान आर्जनका लागि संघर्ष गर्नुपर्नेछ। शिक्षामा गरेको लगानीले उत्साह बढाउने छ।

- Advertisement -Workplace

वृष : दिन राम्रो छ। लामो समयदेखि रोकिएका काम बन्नेछन्। तपाईंको विरोध गर्ने साथी कमजोर हुनेछन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बढी खर्च गर्ने बानीले परिवारमा भने विवाद हुनसक्छ।

मिथुन : तपाईंका लागि आजको दिन राम्रो छ। रोकिएको काम बन्नेछ। परिवारसँग खुशी साट्ने अवसर मिल्नेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। व्यापारमा लाभ हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

कर्कट : आजका लागि तपाईंको दिन राम्रो छ। सामाजिक क्षेत्रमा तपाईंको सम्मान हुनेछ। शिक्षामा लगानी गरेको भए उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य छ। अप्ठेरो परिस्थितिमा परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा गरेको मिहिनेतको नतिजा राम्रो मिल्नेछ। पेट सम्बन्धी समस्या देखिने भएकाले खानपानमा विशेष ख्याल गर्नु राम्रो हुनेछ।

कन्या : दिन राम्रो छ। लगानी र श्रमबाट उचित फल प्राप्त हुने योग छ। बोल्दा सोचेर बोल्नु राम्रो हुन्छ। स्वदेशको लगानीमा मन खुशी हुनेछ। प्रेम सम्बन्ध सुखमय बन्नेछ।

तुला : दिन सामान्य छ। तपाईंका कुरा काट्ने साथी सक्रिय हुनेछन्। आफ्नो श्रमको कदर नहुँदा मन उदास हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीले उत्साह बढाउने छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : श्रम बढी गर्नुपर्ने दिन छ। खानपानकै कारण शरीरलाई रोगले सताउने जोखिम छ। शिक्षामा लगानी गरेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनु : दिन संघर्षपूर्ण छ। मिहिनेत गरेमा व्यापारको क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा श्रम गरेमा उपलब्धि हात लाग्नेछ। अप्ठेरो परिस्थितिमा मन शान्त बनाएर अगाडि बढ्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन राम्रो छ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ। व्यापारमा नाफा आर्जन हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। सञ्चित धन खर्च हुनेछ। विश्वास पात्रले धोका दिने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन सामान्य छ। धन आर्जन गर्ने समय भए पनि हरेक क्षेत्रमा थप मिहिनेत गर्नुपर्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?