देशव्यापी जेनजीको आन्दोलन तीव्र, काठमाडौं बानेश्वर क्षेत्रमा कर्फ्यु जारी

काठमाडौं, भदौ २३ – सरकारले ल्याउन खोजेको सामाजिक सञ्जाल नियन्त्रण नीति र बढ्दो भ्रष्टाचारविरुद्ध जेनजी (Gen Z) पुस्ताले आज देशैभर प्रदर्शन गरेका छन्। राजधानी काठमाडौंसहित देशका विभिन्न शहरहरूमा युवाहरू सडकमा उत्रिएर नारा लगाउँदै सरकारको नीति र गतिविधिको विरोध गरेका छन्।

Workplace

युवाहरूले सरकारको मनोमानी, आर्थिक बेथिति र अभिव्यक्ति स्वतन्त्रतामाथि लगाउन खोजिएको नियन्त्रणप्रति आक्रोश पोख्दै सडक तताएका हुन्। बुटवल, पोखरा, विराटनगर, धनगढी लगायतका शहरहरूमा पनि युवाहरूले नाराबाजीसहित ¥याली निकालेर सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमै संगठित भएर सुरु भएको यो आन्दोलन दिन प्रतिदिन तीव्र बन्दै गएको छ। युवाहरूले चेतावनी दिंदै भनेका छन् – “भ्रष्टाचार अन्त्य गर, स्वतन्त्रता खोस्न खोजे हामी चुप लाग्दैनौं।”

आन्दोलन चर्किँदै गएपछि काठमाडौं जिल्लाको संवेदनशील बानेश्वर क्षेत्रलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले आज अपराह्न १२:३० बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा कुनै पनि सभा, जुलुस, बैठक तथा आवागमनमा प्रतिबन्ध रहने जनाइएको छ।

युवाहरूले भने आन्दोलन अझ व्यापक बनाउने तयारी गरिरहेका छन्। सडकमा देखिएको भीड र सामाजिक सञ्जालमा फैलिएको समर्थनले यो आन्दोलन लामो र प्रभावकारी बन्ने संकेत देखिएको छ

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले नेपाल खोजखबर लाई दिएको जानकारी  अनुसार  “शान्ति सुरक्षा कायम राख्नका लागि सो क्षेत्रमा कुनै पनि प्रकृतिको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा आवागमन नगर्न आग्रह गरिएको छ।”

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?