कोशीका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि झापामा आक्रमण, दुई जना पक्राउ

झापा – कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापाको सुरुङ्गा नजिक आक्रमण भएको छ। नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनीमाथि आक्रमण भएको हो।

Workplace

आक्रमणका कारण थापाको निधारमा चोट लागेको छ। उपचारपछि उनी बिर्तासिटी अस्पतालबाट घर फर्किएका छन्।

झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार, आक्रमणमा संलग्न दुई जना नेपाल विद्युत् प्राधिकरणका कर्मचारी रहेका छन्। उनीहरूलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ तर सुरक्षाका कारण नाम सार्वजनिक गरिएको छैन।

प्रहरीका अनुसार, निर्माणाधीन पूर्वपश्चिम राजमार्गमा भीआईपी गाडीले ओभरटेक गर्न खोज्दा विवाद सुरु भएको थियो। त्यसक्रममा बा १ ञ १८७० नम्बरको गाडीमा सवार विद्युत् प्राधिकरणका चालक र सहयोगीले थापामाथि आक्रमण गरेका थिए।

पक्राउ परेका व्यक्तिहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?