नेपाल एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

समाचार सारांश
Auto Generated by AI
  • साउदी अरबलाई ५ विकेटले हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
  • सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीको उत्कृष्ट बलिङले साउदीलाई १९० रनमै रोकेको थियो।
  • लक्ष्य पछ्याउने क्रममा ईशान पाण्डे, देव खनाल र गुल्शन झाको योगदानले नेपालले ४१ ओभरमै जित हात पार्‍यो।

काठमाडौं ।मलेसियाको बायुमास क्रिकेट ओभलमा साउदी अरबलाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘ए’ मा लगातार तेस्रो जित दर्ता गर्दै नेपालले ६ अङ्कका साथ समूह चरणको अन्तिम खेलअघि नै अन्तिम चार (सेमिफाइनल) मा आफ्नो स्थान सुरक्षित गरेको हो।

Workplace

नेपालले यसअघि आफ्ना सुरुवाती दुई खेलहरूमा बहराइन र मलेसियालाई पराजित गरेको थियो। साउदी अरबविरुद्धको तेस्रो जितसँगै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा कायम रहेको छ।

साउदी अरबलाई १९० रनमा समेट्न सन्दीप लामिछाने (३/१९), दीपेन्द्र सिंह ऐरी (३/४३) र ललित राजवंशी (२/२६) ले उत्कृष्ट बलिङ गरे। जवाफमा १९१ रनको लक्ष्य नेपालले ईशान पाण्डे (४० रन), देव खनाल (३९ रन) र गुल्शन झा (अविजित ४४ रन) को उत्कृष्ट योगदानमा ४१ ओभरमै पूरा गर्‍यो।

समूह ‘ए’ बाट शीर्ष दुईमा रहँदै सेमिफाइनल पुग्ने नेपाल पहिलो टोली बनेको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा आफ्नो लय कायम राख्दै समूह विजेता बन्ने लक्ष्य राख्नेछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?