icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष गुरुदेव खनाल र दुई अन्य निर्दोष ठहर,अदालतको आदेशपछि रिहा

अर्घाखाँची — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको सन्धिखर्कस्थित हटारी घरमा भएको आगजनी र तोडफोड प्रकरणमा पक्राउ परेका स्वतन्त्र पत्रकार संघ, अर्घाखाँचीका जिल्ला अध्यक्ष तथा नेपाल प्रेस खबरका सञ्चालक गुरुदेव खनाल र दुई अन्य जनालाई जिल्ला अदालत अर्घाखाँचीले निर्दोष ठहर गर्दै बिहीबार रिहा गरेको छ।

Workplace

जिल्ला न्यायाधीश शिवलाल पाण्डेयको एकल इजलासले भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा घटनामा खनाल र अन्य दुई जनाको प्रत्यक्ष संलग्नता देखिएको प्रमाण नदेखिएकाले थप अनुसन्धानको आवश्यकता नरहेको ठहर गरेको हो। अदालतले भिडियो र तस्वीरमा प्रत्यक्ष प्रमाण नदेखिएको कारण उनीहरूलाई निर्दोष ठहर गरेको हो।

उनीसँगै सन्धिखर्क नगरपालिका–२ भक्तिटोलाका पुष्पलाल पौडेल र सोही वडाको कुर बस्ने चूरामणि ढुंगानासमेत अदालतले थुनामुक्त गरेको छ।

मुख्यमन्त्री आचार्यकी श्रीमती दीपा आचार्यले खनाल, पौडेल, ढुंगानासहित ११ जनामाथि आगजनी र तोडफोडको आरोप लगाएकी थिइन्। त्यसै आधारमा प्रहरीले बुधबार बजार क्षेत्रबाट ती तीन जनालाई नियन्त्रणमा लिएर आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो।

गिरफ्तारीपछि स्वतन्त्र पत्रकार संघ, अर्घाखाँचीले विज्ञप्ति जारी गर्दै पत्रकार खनालको तत्काल रिहाइको माग गरेको थियो। संघले प्रेस स्वतन्त्रतामाथिको आक्रमण स्वीकार्य नहुने पनि स्पष्ट पारेको थियो।

नेपाल खोज खबरसँग कुरा गर्दै पत्रकार खनालले भने, “म सत्य बोल्न र जनताको पक्षमा कलम चलाउन कहिल्यै पछि हट्ने छैन। मेरो पत्रकारिता सधैं जनताको सेवा र प्रेस स्वतन्त्रताको पक्षमा केन्द्रित रहनेछ।”

गुरुदेव खनाल अर्घाखाँची जिल्लाका अग्रणी र निर्भीक पत्रकार हुन्। लामो समयदेखि उनी जिल्लामा भइरहेको अन्याय, अनियमितता र बेथितिविरुद्ध कलम चलाउँदै आएका छन्। पत्रकारितासँगै उहाँले आफ्नो पेशा–व्यवसाय पनि गर्दै आउनुभएको छ र त्यसैबाट जीवन निर्वाह गर्दै आउनुभएको छ।

रिहाई पछि जिल्लामा युवाहरूले अदालतको निर्णयलाई स्वागत गर्दै “सत्य बोल्ने आवाजलाई दमन गर्न खोज्ने प्रवृत्तिलाई जनताले नै पराजित गरेको” प्रतिक्रिया दिएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?