अर्घाखाँचीमा भदौ २१ गते शनिबार दिनभर विजुली बन्द हुने

लुम्बिनी – अर्घाखाँचीमा आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै नेपाल विद्युत प्राधिकरण, अर्घाखाँची वितरण केन्द्रले पोल–तार वरपरका रुखबिरुवा काट्ने र लाइन मर्मत गर्ने काम गर्ने भएको छ । यसै कारण भोलि  भदौ २१ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म केही क्षेत्रमा विजुली बन्द हुने भएको छ ।

Workplace

प्राधिकरणले दिएको जानकारीअनुसार अर्घा सबस्टेशनबाट सञ्चालन हुँदै आएको ३३ केभी हंशपुर फिडर, ठाडा सबस्टेशनअन्तर्गतको ११ केभी सितापुर, सिद्धारा, जुकेना र सिमलपानी फिडर तथा फुदबाङ सबस्टेशनबाट सञ्चालन हुने सन्धिखर्क बजार फिडरमा पर्ने गाउँ–बस्ती र बजार क्षेत्रमा सो समयभरी विजुली बन्द हुनेछ । काम तोकिएको भन्दा छिट्टै सकिएमा लाइन चाँडै खोलिने समेत प्राधिकरणले जनाएको छ ।

वितरण केन्द्रका कर्मचारीहरूका अनुसार चाडपर्व नजिकिँदै गर्दा लाइन वरपरका बोटबिरुवा नकटाई छाड्दा झरी, हुरी वा चट्याङ लाग्दा ठूलो समस्या निम्तिन सक्ने भएकाले पहिल्यै जोखिम टार्न यस्तो काम थालिएको हो ।

यही कारणले केही घण्टा विजुली बन्द गर्नुपर्ने बाध्यता भएको र यसबाट उपभोक्तालाई असुविधा भएमा प्राधिकरण आफैँलाई दुःख लागेको उनीहरूको भनाइ छ । प्राधिकरणले सबै उपभोक्तालाई उक्त दिन बिहानदेखि बेलुकासम्म विजुली आउँदैन भन्ने कुरा ख्याल गरेर कामकाज मिलाइसक्न समेत अनुरोध गरेको छ ।

“उहाँहरूलाई पर्‍ने असुविधा हुन्छ भन्ने थाहा छ, तर लाइन मिलाउन र बोटबिरुवा काट्नैपर्छ, चाडपर्व नजिकिँदै गर्दा समस्या नहोस् भनेर हामीले यो काम गर्न लागेका हौँ,” वितरण केन्द्रका एक कर्मचारीले नेपाल खोजखबर लाई बताए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?