उर्जामन्त्री खड्का र चीनका राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासकबीच भेट

काठमाडौँ १३ असार – ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र चीनका राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक वाङ होङजीबीच भेटवार्ता भएको छ ।

चीनको जेझियाङ प्रान्तको निङ्बो शहरमा आयोजना गरिएको शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को सदस्य राष्ट्रको ऊर्जामन्त्रीस्तरिय बैठकको अवसर आज मन्त्री खड्काले चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक होङजीसँग भेटवार्ता गर्नुभएको हो ।

भेटवार्ताको क्रममा मन्त्री खड्काले चीन सरकारले आयोजना गरेको शाङ्घाई सहयोग सङ्गठन (एससिओ)का सदस्य राष्ट्रका वैठकले नेपालको ऊर्जा क्षेत्रको विकासमा समेत सहयोग पुगेको भन्दै ऊर्जामन्त्रीस्तरिय बैठक सफल आयोजनाका लागि चीन सरकारलाई बधाई तथा धन्यवाद समेत दिनु  दिनुएको छ।

भेटमा नेपाल-चीनबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र ऊर्जा क्षेत्रको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा सौहार्दपूर्ण छलफल भएको ऊर्जामन्त्रीसँगै सहभागी मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सागरराज गौतमले जानकारी दिएका हुन।

भेटमा चीनका राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक होङजीले नेपालको ऊर्जा पूर्वाधार विकासका लागि आवश्यक प्राविधिक तथा वित्तीय सहयोग प्रदान गर्न चीन सरकार प्रतिबद्ध रहेको समेत  बताउनुभएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

आज मिति २०८३ ज्येष्ठ २५ गते सोमबार आजको राशिफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कार्यकर्ताहरूले प्रदर्शन

नौ बुँदे सन्देशपत्र जारी गर्दै ११औं अन्तर व्यवस्थापिका सम्मेलन सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ वटा जिल्लामा पहिलो अधिवेशन गर्दै

सुनको भाउ आज तोलामा आठ हजार दुईसय रुपैयाँले घट्यो

देशका पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना

छुटाउनुभयो कि ?