देशभर मौसमी प्रभाव: वर्षा र हिमपातको सम्भावना

 

Workplace

काठमाडौं । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ। यो प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रहेको छ भने अन्य प्रदेशहरूमा मौसम सामान्यतः सफा छ। साथै, तराईका केही क्षेत्रमा हुस्सु लागेको छ।

दिउँसोको मौसम

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ। लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपात हुनसक्ने सम्भावना छ।

रातिको मौसम

आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारण बदली रहनेछ। अन्य पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहे पनि बाँकी क्षेत्रहरूमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाको पूर्वानुमान

गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी लगायत अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। साथै, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा अन्य प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा मौसमको आंशिक प्रभाव पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?