किर्तिपुर मध्यरातमा होल्डिङ सेन्टरमा बाढी पस्यो, सुकुम्बासीको बिचल्ली

समाचार सारांश
Auto Generated by AI
  • कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा बागमतीको बाढी पस्दा त्यहाँ रहेका सुकुम्बासीहरू पुनः विस्थापित भएका छन्।
  • बाढीले लत्ताकपडा र खाद्यान्न भिजाएपछि प्रहरी टोलीले मध्यरातमा १५४ मध्ये ५४ जनाको उद्धार गरेको छ।
  • उद्धार गरिएकाहरूलाई त्रिविको स्मृति भवनमा सारिएको छ भने अन्य केही आफन्तकोमा वा सुरक्षित स्थानमा बसेका छन्।

काठमाडौ – काठमाडौंको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित ‘राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर’ बाढीका कारण जलमग्न भएको छ।

Workplace

गएराति बागमती नदीमा पानीको बहाव बढेर सरकारी होल्डिङ सेन्टरमै बाढी पसेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीहरूलाई मध्यरातमा उद्धार गरिएको छ।

- Advertisement -Workplace

बाढीबाट जोगाउने भन्दै सरकारले नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर उनीहरूलाई यस सेन्टरमा सारेको थियो। तर, सुरक्षित भनिएको स्थानमै बाढी पसेपछि सुकुम्बासीहरू पुनः विस्थापित हुन पुगेका छन्।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मध्यराति करिब १ बजे सेन्टरमा बाढी पसेको थियो। बाढी घुँडासम्म आउने गरी छिरेपछि सुकुम्बासीहरूले प्रयोग गर्दै आएका लत्ताकपडा र खाद्यान्न भिजेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार होल्डिङ सेन्टरमा रहेका कुल १५४ जनामध्ये ५४ जनालाई मात्र उद्धार गरी त्रिविको स्मृति भवनमा स्थानान्तरण गरिएको हो।

बाँकीमध्ये ६ जना होस्टलमा बसेको र ९४ जनाले सुरक्षित स्थानमा जान अस्वीकार गरेको प्राधिकरणले फेसबुकमार्फत जानकारी दिएको छ।

डुबान क्षेत्रमा उद्धार र सहयोगका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीका ६० जनाको संयुक्त टोली खटिएको थियो। उद्धार गरिएका बाहेक कतिपय स्थानीयहरू आफ्ना आफन्तकोमा गएका छन् भने केही सेन्टरकै आसपासमा बसेका छन्।

शनिबार बिहानदेखि विस्थापितहरूका लागि खाना, पानी र अन्य आवश्यक खाद्यान्नको व्यवस्थापन गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?