चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, लोकप्रिय गायक मोतीराज खनालसहित दर्जनौँ कलाकार सम्मानित

समाचार सारांश
Auto Generated by AI
  • स्वर्गीय कल्पना गैरे स्मृति फाउन्डेसनले काठमाडौंमा चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड तथा राष्ट्रिय नारी स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
  • तीज गीत तथा सङ्गीतको क्षेत्रमा योगदान पुर्‍याउने १८ विधाका स्रष्टाहरूलाई अवार्ड प्रदान गरिएको छ भने दर्जनभन्दा बढी विशिष्ट व्यक्तित्व तथा सञ्चारकर्मीहरूलाई सम्मान गरिएको छ।
  • कलाकारहरूलाई प्रोत्साहन गर्दै नेपाली तीज गीत, सङ्गीत र कलाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

काठमाडौं । स्वर्गीय कल्पना गैरे स्मृति फाउन्डेसन नेपाल, अनामनगर काठमाडौंको आयोजनामा चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड–२०८३ तथा राष्ट्रिय नारी स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

Workplace

माननीय सांसद साजिदा सिद्धिकीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष, गायक तथा सर्जक हुम गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तीज गीतसँग सम्बन्धित विभिन्न १८ विधामा अवार्ड वितरण गरिएको थियो। साथै करिब एक दर्जनभन्दा बढी कलाकार, स्रष्टा, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमबारे संस्थाका उपाध्यक्ष तथा गायक धिरज खत्रीले जानकारी दिँदै तीज गीत तथा संगीत क्षेत्रमा योगदान पुर्‍याउने कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड तथा सम्मान कार्यक्रम आयोजना गरिएको बताए। कार्यक्रममा वरिष्ठ लोक गायिका शिला आले, वरिष्ठ चरित्र अभिनेत्री रश्मी भट्ट, अग्रज गायिका देवी हमाललगायतका कलाकारलाई सम्मान गरिएको थियो। यस्तै लोकप्रिय लोक गायक मोतीराज खनाल, लोक गायिका बिमला सुनार, महिला उद्यमी पुष्पा बि.शी., मोडल तथा निर्देशक लिलाराज बानियाँ, मोडल निर्देशक बिजेन्द्र नौबागे, मोडल निर्देशक प्रदीपकुमार रसाइली, मोडल पवन बराइली लगायतलाई समेत सम्मान गरिएको थियो।

त्यस्तै, सर्वाधिक मत प्राप्त गर्ने कलाकारतर्फ **गायक सन्तोष परियार, गायिका रिया सुनार र गायिका बिन्दु थापा ‘निहारिका’**लाई गोल्डेन अवार्ड प्रदान गरिएको थियो।
विशाल मुभिज प्रालिका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले देशको वर्तमान विषम परिस्थितिका बाबजुद पनि विगतका संस्करणझैँ यस वर्षको अवार्ड कार्यक्रम पनि भव्य रूपमा सम्पन्न गर्न सफल भएको बताए।

अवार्ड प्राप्त गर्ने कलाकार तथा स्रष्टा
१. सर्वोत्कृष्ट तीज गीत: पुष्कल भट्टराई — पिंजडाको चरी
२. सर्वोत्कृष्ट मौलिक तीज गीत (गायक): गोविन्द परियार — कालो चस्मा
३. सर्वोत्कृष्ट तीज गीत (गायिका): रिया सुनार — झुम्का कस्तो छ
४. सर्वोत्कृष्ट तीज गीत (गायिका, जुरी): प्रमिला पुन — मै छोरी चेलीलाई
५. सर्वोत्कृष्ट तीज गीत (गायक): शिव शर्मा — जोवान सियारी
६. सर्वोत्कृष्ट तीज गीत (गायक, जुरी): बाबुराम परियार — मेरै राजकुमार
७. सर्वोत्कृष्ट तीज गीत (नव गायिका): बिन्दु थापा ‘निहारिका’ — फूल देउलीलाई
८. सर्वोत्कृष्ट तीज गीत (नव गायक): सन्तोष परियार — नाच फनिनी
९. सर्वोत्कृष्ट तीज गीत (पब्लिक च्वाइस): राजेन्द्र क्षेत्री — म राम्री छु ए राजै
१०. सर्वोत्कृष्ट तीज गीत (शब्द संकलक): कुमार काकी — ढल्की ढल्की
११. सर्वोत्कृष्ट तीज गीत (लय संकलक): प्रकाश पन्त — डालीको मैना
१२. सर्वोत्कृष्ट तीज गीत (लय संकलक, जुरी): मन्त्री कौशल — दिदीबैनी हो
१३. सर्वोत्कृष्ट तीज गीत (छायांकन): नक्कले प्रेम स्याङ्तान — सिङ्गापुरे सारी
१४. सर्वोत्कृष्ट तीज गीत (मोडल महिला): संगीता तामाङ ‘मैचा’ — बैँस ढल ढल
१५. सर्वोत्कृष्ट लाइभ तीज गीत (गायक): राम परियार
१६. वर्षको सर्वोत्कृष्ट तीज गीत (रेकर्डिस्ट): सागर बाजुराली — म्वाई खाँदै म्वाई खाँदै
१७. वर्षको सर्वोत्कृष्ट तीज गीत (मञ्च प्रस्तुति): बिमला विश्वकर्मा
१८. वर्षको सर्वोत्कृष्ट तीज गीत (मञ्च प्रस्तुति, नव प्रतिभा): नव प्रतिभा
सम्मानित व्यक्तित्व
कार्यक्रममा वरिष्ठ लोक गायिका शिला आले, वरिष्ठ चरित्र अभिनेत्री रश्मी भट्ट, वरिष्ठ गायिका देवी हमाल, मोडल तथा निर्देशक लिलाराज बानियाँ, मोडल निर्देशक बिजेन्द्र नौबागे, मोडल निर्देशक प्रदीपकुमार रसाइली, लोक गायक मोतीराज खनाल, लोक गायिका बिमला सुनार, महिला उद्यमी पुष्पा बि.शी., मोडल पवन बराइली लगायतलाई सम्मान गरिएको थियो।

यसैगरी सञ्चार क्षेत्रबाट दिनेश महर्जन, पार्वती साउद, एमटिभी नेपालका पत्रकार कमल राना, ‘अपटुडेट’ साप्ताहिकका सम्पादक लगायत विभिन्न सञ्चारकर्मीलाई कदरपत्रसहित सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमले नेपाली तीज गीत, संगीत, सिर्जना, कला तथा पत्रकारिताको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यलाई निरन्तरता दिएको आयोजकको भनाइ छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका प्रवन्धक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?