त्रिभुवन विमानस्थलमा खादा, माला र संस्थागत पोसाक प्रयोगमा प्रतिबन्ध

काठमाडौं, २६ असार – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि खादा, माला तथा कुनै संस्थाको पहिचान झल्किने पोसाक र सामग्री प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। अध्यागमन कार्यालयले बुधबार एक सूचना जारी गर्दै सुरक्षा संवेदनशीलता र अध्यागमन प्रक्रियालाई व्यवस्थित बनाउन यस्ता वस्तुको प्रयोगमा रोक लगाएको हो।

Workplace

सूचना अनुसार अध्यागमन प्रक्रियामा सहभागी हुँदा खादा, माला, सजावटी वस्तु (accessories) प्रयोग गर्न पाइने छैन। यस्ता वस्तुले सुरक्षा जोखिम बढाउने, प्रक्रिया ढिलो गराउने र अनावश्यक अव्यवस्था निम्त्याउने भएकाले प्रतिबन्ध गरिएको हो।

त्यस्तै, कुनै समूह, संस्था, ट्राभल एजेन्सी वा म्यानपावर कम्पनीको पहिचान झल्किने पोसाक, टोपी, ब्याच वा अन्य सामग्री प्रयोगमा पनि पूर्ण प्रतिबन्ध लगाइएको छ। यस्तो पहिचानले यात्रुबीच असमान व्यवहार भएको आभास दिलाउन सक्ने भएकाले सबैलाई समान रूपमा व्यवहार गर्न नियम लागू गरिएको बताइएको छ।

नियमको उल्लंघन भएमा कानुनअनुसार कारबाही गरिने र अध्यागमन क्षेत्रको मर्यादा कायम राख्न सबै यात्रु, ट्राभल एजेन्सी र सरोकारवाला पक्षलाई सहयोग गर्न आग्रह गरिएको

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवाखाजा सम्बन्धी २ दिने कार्यशाला छायाँनाथ रारामा सुरु।

मुगुमा तीन जना शिक्षक कार्यसम्पादनमा सम्मान

सिद्धार्थ रोयललाई हराउँदै मेघा राइनोज शीर्ष तीनमा उक्लियो

मुगुमा जातीय छुवाछुत दिवस : मेयर भामको घाँटीमा दमाहा र बाजा

अक्कल कोपिला फाउन्डेसन ले हुम्लाको अदान्चुली गाउँपालिकामा मा रहेको पुद्दुकोट विद्यालयम शैक्षिक सामग्री सहयोग ।।

निरज विष्टको घातक बलिङमा एपीएस युनाइटेडको प्रभावशाली जित, एसजीए माभेरिक्स ९ विकेटले पराजित

छुटाउनुभयो कि ?