icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

दुबईमा शितगंगा सम्पर्क समिति युएईको आयोजनामा तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

दुबई – नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा शितगंगा सम्पर्क समिति युएईको आयोजनामा दुबईस्थित West Coast Hotel को सभाहलमा तीज विशेष दर खाने तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

Workplace

कार्यक्रमको उद्देश्य प्रवासमा रहेका नेपालीहरूबीच आपसी सम्बन्ध प्रगाढ बनाउनुका साथै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको आयोजक समितिले जनाएको छ।

कार्यक्रममा लुम्बिनी प्रदेश समाज युएईका अध्यक्ष नारायण प्रसाद अधिकारी प्रमुख अतिथि रहनु भएको थियो भने अर्घाखाँची सम्पर्क समाज युएईका अध्यक्ष जे.पी. पोख्रेलको विशिष्ट आतिथ्यता थियो। साथै भुमिकास्थान र बलकोट सम्पर्क समिति युएईका प्रतिनिधिहरू, सामाजिक अभियन्ता तथा दुबई स्थित नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

सांस्कृतिक कार्यक्रमका  नृत्यकार सान्ता खनालको सशक्त प्रस्तुति विशेष चर्चा बटुल्न सफल रह्यो। भारत हुँदै दुबईसम्म आफ्नो कर्मक्षेत्र विस्तार गरेकी खनालले “दुबईमा पनि नेपाली संस्कृति गहिरो रूपमा जगेरिनु गर्वको विषय हो” भन्दै आयोजकप्रति कृतज्ञता व्यक्त गरिन्। साथै आफूलाई उक्त कार्यक्रम निमन्त्रणा गरि नृत्य गर्ने अबसर दिएकोमा समेत उनले आयोजक लाई धन्यवाद समेत व्यक्त गरिकी छ्न।  साथै नेपाल खोजखबरको संवादमा  आगामी दिनमा यस्ता कार्यक्रमले प्रदेशमा बसोबास गर्ने प्रवासी हरुमा नेपाली रितिरिवाज कायाम होस र यस्ता कार्यक्रमले आपसी भाइचारा बडाउनु प्रवासमा दु:खि पीडितको लागि सयोग जुटाउन सजिलो हुने र कामको ब्यास्ताताले तनाब मुक्त हुन समेत यस्ता कार्यक्रमले धेरै योगदान दिने बताउनु भयो।

गायक विजय अनुरागी, टुक संगीत, दीपक परियार, माधव पौडेल, राजेन्द्र बराल लगायतका कलाकारहरूको गायन र
शिर्जना केसी, सान्ता खनाल र प्रियंका श्रेष्ठको नृत्य प्रस्तुतिले उपस्थित  दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो।

कार्यक्रम महिला उपाध्यक्ष तथा संयोजक पवित्रा खनाल चुदालीको स्वागत मन्तव्य, महासचिव लेखनाथ पौडेल र सदस्य निरु सिंहको संयुक्त सञ्चालनमा सम्पन्न भएको थियो।

संस्थाका सल्लाहकार प्रेम बग्लदार, वरिष्ठ उपाध्यक्ष हरि बीसी, कोषाध्यक्ष राजेन्द्र बिक, सदस्यहरू बिमला रानाभाट, शुशिला खनाल, हिमाल खनाल लगायत सम्पर्क समितिका अन्य पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागितामा कार्यक्रम सफल भएको हो।

कार्यक्रमको समापनमा अध्यक्ष गणेश प्रसाद पौडेलले उपस्थित सबैप्रति आभार प्रकट गर्दै, “यस कार्यक्रमले प्रवासमा बस्ने हामी नेपालीबीच आत्मीयता, एकता र संस्कृतिप्रति माया अझ प्रगाढ बनाएको छ,” भन्नु भयो।

पछिल्लो समयमा युएईजस्ता मुलुकमा नेपाली समुदायले आफ्नो संस्कृति र परम्परालाई जगेर्ना गर्दै सामाजिक एकता बलियो बनाउन थालेको यो कार्यक्रमले अझै सकारात्मक सन्देश दिएको सहभागीहरूको धारणा रहेको थियो ।

rpt

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?