अनिल नेपाली – अर्घाखाँची
माघ १२
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सन्धिखर्क नगरपालिका वडा नं ९ काे तेस्राे अधिवेशनमा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पुर्व राष्ट्रिय सभा सदस्यले अहिले बनेकाे सरकारले अरबाैँ भ्रष्टाचार गर्ने भ्रष्टाचारीहरुकाे संरक्षण गरि हजार र लाख भ्रष्टाचार गर्ने विपक्षी दलका रवि लामिछाने जस्ताकाे पछि परेकाे बताएका छन ।

माओवादी केन्द्रले अगाडि सारेकाे सुशासनकाे अभियानले ठुला ठुला दलका नेताहरु छाेपिने डरले रातारात सरकार ढालेर भ्रष्टाचारीहरु मिलेर नयाँ सरकार गठन गरेकाे पनि बताएका छन
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार वि.क ले अधिवेशन सफलताकाे शुभकामना व्यक्त गर्दै देशमा भ्रष्टाचार माैलाउदै गएकाे र याे सरकारकाे कुनै औचित्य नरहेकाे हुदा केपि ओलि नेतृत्वको सरकार लामाे समय नटिक्ने र देशमा जनताहरुले सुशासन तथा समृद्धि चाहेकाे हुदा यतिबेला राष्ट्रब्यापि रुपमा माओवादी पार्टीमा प्रवेश गर्ने लहर चलेकाे बताएका छन ।
उक्त अधिवेशनकाे सफताकाे कामना व्यक्त गर्दै कार्यक्रमका विशेष अतिथि तथम नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कार्यालय सदस्य तथा अर्घाखाँची जिल्ला संयाेजक राजेन्द्र भुसाल ले यश वडा ऐतिहासिक वडा भएकाे र विगत देखि माओवादी केन्द्र काे पहलमा यश वडामा उल्लेखनीय विकास भएकाे बताएका थिय ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा अ.ने.म संघ (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य कमला भन्डारी भुसाल ले बन्दुकको नालबाट सत्ता परिवर्तन गरि देशमा महिला दलित जनजाति र अल्पसंख्यकहरुकाे लागि विशेष अधिकार सहितकाे व्यवस्था ल्याउने एक मात्र पार्टी माओवादी रहेकाे हुदा सबैजनालाई यश पार्टिमा गाेलबद्द हुन अनुराेध गरेकि थिईन ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य तथा सन्धिखर्क नगर ईन्चार्ज देवि वहादुर रायमाझीले पटक पटक सास जिताएर मन्त्री, उपप्रधानमन्त्री सम्म बनाएर टाेप वहादुर रायमाझी अन्य पार्टी मा जाने टाेप वहादुर रायमाझीकाे भ्रममा नपरी हाम्राे पार्टीमा ठुलाे जनमत रहेकाे हुदा हामिले २०८४ काे चुनाव जित्न सजिलाे हुने बताएका थिय ।
त्यसैगरि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश सदस्य कृष्ण सारुले देशमा माओवादी केन्द्रकाे विकल्प नभएकाे हुँदा सबैजनालाई माओवादी मा आवद्ध हुन अनुराेध गराएका थिय ।
त्यसैगरी उक्त अधिवेशनमा पार्टीका सन्धिखर्क नगर अध्यक्ष कृष्णहरि भुसाल,उपाध्यक्ष द्वय बालकृष्ण आचार्य, काजिमान रायमाझी,सहसचिव माेहनसिंह ठकुरी,एकीकृत अखिल नेपाल शिक्षक संगठन सन्धिखर्क नगर समिति अध्यक्ष चिरञ्जीवी भुसाल,नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सन्धिखर्क १० का उपाध्यक्ष बिनाेद थापा, अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश सदस्य भेष वहादुर खड्का, नेपाल भारत एकता मंच पंजाव राज्य समिति सदस्य हुम वहादुर गन्धर्व लगायले मन्तव्य राख्नु भएकाे थियाे ।
कार्यक्रममा अखिल नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष युवराज भुसाल,लुम्बिनी प्रदेश जेष्ठ सल्लाहकार सदस्य खुमानसिंह वि.क, जिल्ला सल्लाहकार सदस्य ज्ञान वहादुर रायमाझी,सन्धिखर्क नगर समिति सदस्य सुरज वि.क,कमला भुसाल,जीवलाल भुसाल, कमला थापा मगर, नगर सल्लाहकार सदस्य हुम वहादुर रायमाझी, अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश सचिवालय सदस्य पदम रायमाझी जेष्ठ सदस्य ठग वहादुर थापा, जीव वहादुर परियार लगायत स्थानीय पार्टी सदस्य,पार्टी समर्थ लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा ने.क.पा एमाले परित्याग गरि ३६ जना युवा तथा बृद्धहरुलाई प्रमुख अतिथि चन्द्रबहादुर खड्काले टीका र माला लगाएर माओवादी केन्द्र मा प्रवेश गराउनु भएकाे थियाे ।
उक्त अधिवेशनकाे बन्दसत्रमा छविलाल चुदाली संयाेजक र रविन्द्र खड्का, हरि वहादुर गन्धर्व रहेकाे तीन सदस्यीय निर्वाचन समितिले मणिराम भुसालकाे अध्यक्षतामा २५ सदस्यीय वडा समिति सर्वसम्मत निर्वाचित गरेकाे थियाे । जसकाे उपाध्यक्षमा वसन्त वि.क, सचिव बावुराम पाैडेल लगायतकाे समिति निर्माण गरेकाे थियाे ।
कार्यक्रममा वडा समितका निवर्तमान अध्यक्ष बेदुराम भुसालकाे अध्यक्षता, वडा समितिका निवर्तमान काेषाध्यक्ष मणिराम भुसालकाे स्वागत मन्तव्य तथा वडा समितिका निवर्तमान सचिव वसन्त वि.क काे संचालनमा सम्पन्न भएकाे थियाे ।
