सामाजिक सञ्जालमार्फत यौन सामग्री बेच्ने १९ वर्षीया थाई युवती पक्राउ

थाइल्याण्ड — सामाजिक सञ्जालमा यौनजन्य भिडियोहरू उत्पादन गरी बिक्री गरेको आरोपमा एक १९ वर्षीया थाई युवती पक्राउ परेकी छन्।

Workplace

थाइल्याण्डको साइबर अपराध अनुसन्धान ब्यूरोका अनुसार  अधिकारीहरूले नोन्थाबुरी क्षेत्रमा छापा मारेर कानफरावी नामकी युवतीलाई पक्राउ गरेको जानकारी दिएका छन्। अनुसन्धानपछि प्रहरीले ‘जिन्जिया’ नामक एक्स (पहिलेको ट्विटर) खाताबाट अश्लील सामग्री पोस्ट हुँदै आएको पत्ता लगाएको थियो।

प्रहरीका अनुसार ती युवतीले अन्य खाताहरूको लिङ्क पनि साझा गर्थिन्, जसका सामग्रीहरू पनि समान खालका थिए। अनुसन्धानले ती सबै खाताहरूको सञ्चालक कानफरावी नै रहेको पुष्टी गरेको छ।

प्रहरीसँगको बयानमा कानफरावीले आफ्नै यौन क्लिपहरू तयार पार्ने, ती सामग्रीहरू अनलाइनमा पोस्ट गर्ने तथा गोप्य समूहहरू मार्फत बेच्ने गरेको स्वीकार गरेकी छन्। उनले सदस्यता शुल्कको माध्यमबाट मात्रै मासिक ७० देखि ९० हजार भाट (नेपाली रुपैयाँमा करिब २.७ लाख) कमाउने गरेको खुलाएकी छन्।

प्रहरीका अनुसार उनले विगत चार वर्षदेखि यस्ता सामग्री उत्पादन र व्यापार गर्दै आएकी थिइन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुको छायाँनाथ रारा नगरपालिका को१९ औ बजेट सभा उद्घाटनमा बोल्दै छायाँनाथ रारा नगरपालिका का नगर प्रमुख विष्णु कुमार भाम ।

विवादित पासपोर्ट ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पनि जोडिए

रास्वपाले निकाल्यो केन्द्रीय सदस्य उम्मेदवारहरूको सूची, मतदान समय अझै अनिश्चित

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक सर्‍याे

आज पनि घट्यो सुनचाँदीको मूल्य

छायाँनाथ रारा नगरपालिका को आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका दुई विद्यालय भवनको औपचारिक उद्घघाटन निर्माण सम्पन्न ।

छुटाउनुभयो कि ?