
- बहुविवाह मुद्दामा दोषी ठहर भएका गुल्मीका कृष्णबहादुर खत्री पक्राउ परेका छन्।
- अदालतले उनलाई एक वर्ष कैद र छ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।
- फरार रहेका खत्रीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको छ।
सागर मरासिनी , गुल्मी । बहुविवाह मुद्दामा दोषी ठहर भई फरार रहेका एक जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गुल्मी जिल्ला अदालतको लगत नं. १३२३ मा उल्लिखित बहुविवाह मुद्दामा एक वर्ष कैद र ६ हजार रुपैयाँ जरिवाना तोकिएका मुसिकोट नगरपालिका–२ देउराली निवासी ३३ वर्षीय कृष्णबहादुर खत्री पक्राउ परेका हुन्।

फैसलापछि फरार रहेका खत्रीलाई प्रहरीले खोजतलास गर्ने क्रममा २०८३ भदौ १६ गते पक्राउ गरेको जनाएको छ। पक्राउ परेका खत्रीलाई फैसला कार्यान्वयनका लागि गुल्मी जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
