रौतहटमा एक युवकद्वारा आ`त्म`दाह प्रयास

समाचार सारांश
Auto Generated by AI
  • रौतहटको गरुडामा २८ वर्षीय गौतमकुमार सहनीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्।
  • मानसिक तनावका कारण उनले यस्तो कदम चालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
  • गम्भीर अवस्थामा रहेका उनको अहिले काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौ – रौतहटको गरुडा नगरपालिका–९ गम्हरियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका छन् ।

Workplace

मंगलबार राति करिब १ बजे २८ वर्षीय गौतमकुमार सहनीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएपछि आगो लगाएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शङ्करप्रसाद आचार्यका अनुसार सहनी केही दिनयता मानसिक तनावमा रहेका थिए । घटनापछि परिवारका सदस्यले तत्काल उद्धार गरी गरुडास्थित बेटर नेपाल अस्पताल पुर्‍याएका थिए ।

अस्पतालमा प्राथमिक उपचारपछि उनको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सहनीको घाँटीदेखि तल शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको छ। उनको उपचार जारी रहेको छ ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?