
- त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्न खोजेपछि दुर्गा प्रसाईं नियन्त्रणमा परे।
- निषेधित क्षेत्रमा कार्यक्रम गर्न लागेकाले प्रहरीले उनलाई तत्काल रोकेको थियो।
- प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएर उनको भक्तपुरस्थित घरमा पुर्याइदिएको छ।
काठमाडौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पत्रकार सम्मलेन गर्न खोजेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएर प्रहरीले घर पुर्याएको छ।

झापाबाट काठमाडौँ फर्किएका प्रसाईंले विमानस्थल क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रोक लगाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थलमै कार्यक्रम गर्न लागेका थिए।
निषेधित क्षेत्रभित्र कार्यक्रम गर्न खाजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घर पुर्याएको हो।
