काठमाडौं — शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उनले आफ्नो राजीनामा बुझाएकी हुन्।

स्वास्थ्य अवस्था कमजोर भएको कारण देखाउँदै मन्त्री भट्टराईले राजीनामा दिएको बताइएको छ। राजीनामाको केही घण्टा अघि मात्रै उनले आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागबारे प्रधानमन्त्रीसँग छलफल गरेकी थिइन्।
हाल काठमाडौंमा शिक्षकहरूले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन्। मन्त्रालयले पटक–पटक वार्ताका लागि आग्रह गरे पनि शिक्षकहरू छलफलमा सहभागी नभएको भट्टराई बताउँदै आएकी थिइन्।
