विभिन्न जिल्लाबाट लागुऔषधसहित १४ जना प्र`का`उ

समाचार सारांश
Auto Generated by AI
  • देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १४ जना व्यक्ति पक्राउ परेका छन्।
  • सबैभन्दा धेरै बाँकेबाट पाँच जना र अन्य जिल्लाबाट नौ जना समातिएका हुन्।
  • पक्राउ परेकाहरूबाट गाँजा, हेरोइन र प्रतिबन्धित औषधि बरामद गरी कारबाही थालिएको छ।

काठमाडौ -नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १४ जनालाई नियन्त्रणमा लिएको छ।

Workplace

केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार लागुऔषध ओसारपसार र बिक्रीवितरणमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

- Advertisement -Workplace

प्रहरीका अनुसार सबैभन्दा धेरै बाँकेबाट पाँच जना पक्राउ परेका छन्। यसैगरी मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुई/दुई जना तथा सुनसरी र काठमाडौँबाट एक/एक जनालाई लागुऔषधसहित नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले अवैध लागुऔषध गाँजा, अफिम र खैरो हेरोइन बरामद गरेको छ। यसका साथै चिकित्सकको विशेष सिफारिस बिना खरिद–बिक्री गर्न नपाइने प्रतिबन्धित औषधिहरू ट्रामाडोल र स्पास्मो समेत ठुलो परिमाणमा बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?