कपिलवस्तुमा सडक माथिबाट ढुंगा खस्दा बसमा सवार चार जना घाइते

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुको शिवराज नगरपालिकामा राति बसमाथि ढुंगा खस्दा चार जना यात्रु घाइते भएका छन्।
  • सशस्त्र प्रहरीले बसमा च्यापिएका घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ।
  • घाइते चारै जनाको अवस्था सामान्य रहेको र उनीहरूको भालुवाङ अस्पतालमा उपचार भइरहेको छ।

कपिलवस्तु।कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा सडक माथिबाट ढुंगा खस्दा बसमा सवार चार जना घाइते भएका छन्।

Workplace

मंगलबार राति करिब १ः३० बजे चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३७७० नम्बरको बसमाथि अचानक सडक माथिबाट ढुंगा खसेको थियो। ढुंगाले लाग्दा बसमा सवार ३० जनामध्ये चार जना सिटले च्यापिएर घाइते भएका थिए।

- Advertisement -Workplace

घटनाको जानकारी पाएपछि पुगेको सशस्त्र प्रहरी बलको टोलीले सिटमा च्यापिएका चारै जनाको उद्धार गरेको थियो।

घाइते हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–२ का ३७ वर्षीय द्वारीका प्रसाद थारु र ३५ वर्षीय सुरेशलाल थारु, चितवनको भरतपुर महानगरपालिका–११ की २० वर्षीया सलिना सुनार तथा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० की ४० वर्षीया भगवती कँडेल रहेका छन्।

उनीहरूलाई उपचारका लागि दाङको भालुवाङ अस्पताल पुर्‍याइएको छ। प्रहरीका अनुसार चारै जना घाइतेको अवस्था सामान्य रहेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?