सरकारसँगको सहमतिलगत्तै काममा फर्किए वीरगञ्जका चिकित्सक

समाचार सारांश
Auto Generated by AI
  • सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि चिकित्सकहरू काममा फर्किएका छन्।
  • स्वास्थ्यकर्मीको सुरक्षा र अस्पतालमा हुने तोडफोड रोक्न सरकारले कडा कानुन कार्यान्वयन गर्ने भएको छ।
  • आन्दोलनका सबै कार्यक्रम स्थगित गर्दै देशभरका अस्पतालमा नियमित स्वास्थ्य सेवा पुनः सुरु भएको छ।

काठमाडौ – गत साउन १० गतेदेखि हडतालमा रहेका वीरगञ्जका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरू काममा फर्किएका छन्। बुधबार सरकार र नेपाल चिकित्सक संघबीच भएको पाँचबुँदे सहमतिपछि उनीहरू काममा फर्किएका हुन्।

Workplace

 

- Advertisement -Workplace

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो।

सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

ऐनमा रहेका व्यवस्थाहरू कार्यान्वयन गर्न आवश्यक निर्देशिका छिट्टै तयार गर्ने, स्वास्थ्य संस्थामा हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कानुनी कारबाही प्रभावकारी बनाउने तथा सम्बन्धित मन्त्रालयबीच आवश्यक समन्वय गर्ने सहमति भएको छ।

यस्तै, स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार गरी नेपाल चिकित्सक संघसँगको सहकार्यमा एक कार्यदल गठन गर्ने र कार्यान्वयनको प्रगतिको नियमित समीक्षा गर्ने पनि सहमतिमा उल्लेख छ।

सहमतिपछि नेपाल चिकित्सक संघले जारी राखेको आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गर्दै नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न चिकित्सकहरूलाई निर्देशन दिएको छ।

नारायणी अस्पतालमा उपचारका क्रममा साउन ९ गते वीरगञ्ज महानगरपालिका–२५ का राजकुमार पटेलको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए।

त्यसपछि जिल्ला प्रशासन कार्यालय पर्सामा भएको छलफलका क्रममा पनि चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै नेपाल चिकित्सक संघले देशभरको उपचार सेवा ठप्प पारेर हडताल सुरु गरेको थियो।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?