icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

आज मिति २०८२ श्रावण १२ गते सोमबार आजको राशीफल

 

Workplace

मेष : साताको प्रारम्भमा शत्रु पक्ष सक्रिय देखिए पनि प्रभावशाली वाणीका कारण अवरुद्ध कामहरू सहज रूपमा अगाडि बढ्नेछन्। आफन्तको विश्वासघात र पारिवारिक तनावले मानसिक अशान्ति ल्याउन सक्छ।

बृष : रमाइलो यात्रा र उपलब्धि प्राप्तिको योग छ। स्वास्थ्य सन्तोषजनक रहनेछ र आर्थिक पक्षमा सुधार देखिन्छ। ऋणको व्यवस्थापन सहज रहनेछ। पारिवारिक सम्बन्ध मधुर रहनेछ

मिथुन : घरायसी तथा छरछिमेकीसँग मतभेदको सम्भावना छ। श्रमअनुसार सफलता नआउँदा निराशा बढ्न सक्छ। वरिष्ठहरूसँग टकराव सम्भव भएकाले संयम आवश्यक छ।

कर्कट: व्यावसायिक क्षेत्रमा सफलता मिल्नेछ र आर्थिक स्थिति सबल रहनेछ। सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रियता बढ्नेछ। धार्मिक स्थलको भ्रमण वा वैदेशिक कार्यमा प्रगति देखिन्छ।

सिंह : उत्साहपूर्ण समय रहनेछ। व्यवसाय र लामो दूरीको यात्रा लाभदायक हुनेछ। सामाजिक सम्मान प्राप्त हुनेछ। अधुरा कामहरू पूरा हुनेछन् र लगानीबाट राम्रो प्रतिफल पाइनेछ।

कन्या : विचार र योजनालाई रचनात्मक बनाउँदा सफलता मिल्नेछ। नाम, प्रतिष्ठा र पुरस्कार प्राप्त गर्ने सम्भावना बलियो छ। आफ्नो कार्यकुशलताले अरूलाई मोहित बनाउन सकिनेछ।

तुला : लगानीको प्रतिफल कम हुनसक्ने भएकाले धैर्य अपनाउनु उत्तम हुनेछ। छरछिमेकसँग सानोतिनो असमझदारी हुन सक्छ। प्रतिस्पर्धामा हार स्वीकार्नुपर्ने स्थिति आउन सक्छ।

वृश्चिक : आर्थिक अवस्था सबल रहनेछ र व्यवसायमा गति आउनेछ। मायाप्रेमका लागि समय अनुकूल रहनेछ। पढाइमा पनि प्रगति हुनेछ।

धनु : अभिभावकको आशीर्वादले ठूला कामको थालनी हुनेछ। नयाँ व्यवसाय वा परियोजनाको शुरुवात हुनेछ। मनोरञ्जन र स्वादिष्ट परिकारको आनन्द लिने अवसर पनि मिल्नेछ।

मकर : सुख–सुविधाका लागि मन लालायित बन्नेछ। यद्यपि धार्मिक वा सामाजिक कार्यहरूमा सम्मान घट्नसक्छ, सतर्क रहनुहोस्। व्यस्तता बढ्नेछ र केही सामान हराउन सक्ने सम्भावना पनि देखिन्छ।

कुम्भ : रोकिएका घरायसी तथा सरकारी कामहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। वैदेशिक सम्बन्ध र कार्य विस्तारमा राम्रो प्रगति हुनेछ। सामाजिक र धार्मिक काममा रुचि बढ्नेछ।

मीन : घरपरिवार र साथीभाइसँग मतभिन्नता भए पनि अन्त्यमा सम्बन्ध सुधारिनेछ। रमणीय यात्राको अवसर मिल्नेछ। जीवनसाथी वा आमाको सल्लाहअनुसार गरिएका कार्यमा सफलता प्राप्त हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?