२६ फाल्गुन २०८२, मंगलबार

“यो अब सबै नेपालीकै आन्दोलन हो” – विद्या चापागाईं

काठमाडौं — चर्चित पत्रकार र लोकप्रिय युट्युब च्यानल हेर्ने कथा की सञ्चालिका विद्या चापागाईंले हालैको Gen Z आन्दोलनलाई साथ दिँदै ठुलो प्रतिक्रिया दिएकी छन्। उनले आन्दोलन अब Gen Z मात्रको नभएर सम्पूर्ण नेपाली जनताको आन्दोलन भएको ठहर गरेकी छन्।

Workplace

विद्याले देशभर सडकमा उत्रिएका युवामाथि भएको गोली प्रहारलाई “क्रूरता, तुच्छता, कायरता, विवेकहीनता, अपराध र निरंकुशताको विभत्स उदाहरण” भन्दै सरकारलाई कठोर शब्दमा आक्रमण गरिन्।

उनले भनिन्, “सामाजिक सञ्जाल खोलिदिएर वा राजीनामा दिएर मात्र दोषी उम्कन पाउनु हुँदैन। मेरो पुस्ता सहेर बसेको थियो, अहिले Gen Z पुस्तामा विष्फोट भएको छ। यो युग परिवर्तनको आन्दोलन हो। अब यो आन्दोलन Gen Z को मात्र रहेन, यो मेरो पनि आन्दोलन हो, हामी सबैको आन्दोलन हो। यो आन्दोलन रोकिनु हुँदैन।”

विद्याले थप चेतावनी दिँदै भनिन्, “आज डङ–डङ गोली खाएर ढल्ने युवाका सपनाहरूले हामीलाई पोल्नुपर्छ। उनीहरूको रगतले देशलाई बर्बाद गर्नेहरूलाई पोल्नुपर्छ।”

उनको यस भनाइले आन्दोलनमा उत्रिएका युवाहरूको मनोबल झन् चर्काएको छ। धेरैले सामाजिक सञ्जालमा उनलाई समर्थन जनाउँदै “अब यो जनताको आन्दोलन हो” भनेर जोड दिइरहेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?