भारी वर्षापछिको बाढी र पहिरोका घटनामा परी देशभर २१ जनाको मृ`त्यु

समाचार सारांश
Auto Generated by AI
  • भारी वर्षापछिको बाढी र पहिरोमा परी देशभर २१ जनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता छन्।
  • विपद्का कारण १४३ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् र करिब दुई हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ।
  • असोज ८ देखि ११ गतेसम्म भएको भीषण वर्षाले देशभर ठूलो भौतिक क्षति पुर्‍याएको छ।

काठमाडौं।भारी वर्षापछिको बाढी र पहिरोका घटनामा परी देशभर २१ जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् भने पाँच जना बेपत्ता छन् ।

Workplace

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका ५३ घटनामा सातजनाको मृत्यु भएको छ । पहिरोका २५६ घटनामा १४ जनाको मृत्यु, चार जना घाइते र पाँच जना बेपत्ता भएका छन् । बंगालको खाडीमा उत्पन्न न्यूनचापीय प्रणालीका कारण असोज ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भएको थियो ।

बाढी र पहिरोका कारण देशभर १४३ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ । विपद्का कारण ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ । विभिन्न जिल्लाबाट जोखिममा परेका करिब दुई हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

निरन्तर वर्षाका कारण देशभरका १८६ वटा वर्षामापन केन्द्रमा सय मिलीमिटरभन्दा बढी वर्षा मापन भएको छ । सबैभन्दा धेरै नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डेढगाउँमा ५४४ दशमलव दुई मिलीमिटर वर्षा भएको छ । कास्कीको पञ्चासेमा ५०० दशमलव २ र तनहुँको अत्रौलीटारमा ४७२ मिलीमिटर वर्षा मापन गरिएको प्राधिकरणले जनाएको छ ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?