
समाचार सारांश
Auto Generated by AI
- राष्ट्रिय युवा सञ्जाल नेपाललाई तीन संस्थाले स्वयंसेवक ज्याकेट सहयोग गरेका छन्।
- अमोल सपिङ सेन्टर, अकल कोपिला फाउन्डेसन र आशा एजुकेसन सेन्टरले उक्त सहयोग गरेका हुन्।
- यस सहकार्यले समाजमा स्वयंसेवा संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय युवा सञ्जाल नेपाललाई विभिन्न तीनवटा व्यावसायिक, सामाजिक तथा शैक्षिक संस्थाहरूले संस्थागत सहयोगस्वरूप स्वयंसेवक (भोलेन्टियर) ज्याकेट सौजन्य गरेका छन्।
सञ्जाललाई अनमोल सपिङ सेन्टर जाजरकोट, अकल कोपिला फाउन्डेसन मुगु तथा आशा एजुकेसन सेन्टर सुर्खेतले संयुक्त रूपमा उक्त ज्याकेटहरू प्रदान गरेका हुन्। विगत लामो समयदेखि समुदायमा सरसफाइ, सामाजिक सचेतना, युवा सशक्तीकरण, स्वयंसेवा, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वका विभिन्न उदाहरणीय अभियानहरू सञ्चालन गर्दै आएको सञ्जालको कार्यलाई प्रोत्साहन गर्न यो सहयोग उपलब्ध गराइएको हो।
आफ्ना स्वयंसेवकहरूका लागि आवश्यक सामग्री उपलब्ध गराई समाजप्रति उत्तरदायी कार्यमा साथ, सहयोग र विश्वास व्यक्त गरेकोमा राष्ट्रिय युवा सञ्जाल नेपालले सहयोगी संस्थाहरू अनमोल सपिङ सेन्टर, अकल कोपिला फाउन्डेसन र आशा एजुकेसन सेन्टरप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
सञ्जालका अनुसार सामाजिक परिवर्तनका अभियानहरूमा निजी क्षेत्र, शैक्षिक संस्था तथा सामाजिक संघ–संस्थाहरूको यस्तो सहकार्यले समाजमा स्वयंसेवा संस्कृतिलाई थप सुदृढ र संस्थागत बनाउन ठूलो मद्दत पुग्नेछ। साथै, आगामी दिनहरूमा पनि यस्ता सकारात्मक सहकार्यहरू निरन्तर अघि बढ्ने अपेक्षा सञ्जालले राखेको छ।
