प्रतिभा भुसालद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेसकी नेतृ प्रतिभा भुसालले १५औँ महाधिवेशनमा युवा महिला तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
  • उहाँले युवा पुस्ताको सक्रिय सहभागिता बढाउँदै पार्टी संगठनलाई थप सुदृढ र गतिशील बनाउने उद्देश्य राख्नुभएको छ।
  • विद्यार्थी राजनीति र नेविसंघको अनुभव सम्हाल्नुभएकी भुसाल हाल पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा पनि कार्यरत हुनुहुन्छ।

लुम्बिनी – अर्घाखाँचीकी युवा नेतृ तथा नेपाल विद्यार्थी संघकी निवर्तमान केन्द्रीय सदस्य प्रतिभा भुसालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि युवा (महिला) तर्फबाट उम्मेदवारी घोषणा गर्नुभएको छ।

Workplace

सन्धिखर्क नगरपालिका–५ निवासी भुसालले पार्टीमा युवा पुस्ताको सहभागिता र नेतृत्वलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताउनुभएको छ। युवा नेतृत्वलाई अवसर दिँदै पार्टी संगठनलाई थप सुदृढ र गतिशील बनाउन आफूले भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ।

विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएकी भुसालले नेपाल विद्यार्थी संघमा विभिन्न जिम्मेवारी सम्हाल्दै संगठन निर्माण तथा राजनीतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँले कांग्रेसका विभिन्न प्रतिनिधि छनोट तथा निर्वाचन प्रक्रियामा समेत सक्रिय सहभागिता जनाइसक्नुभएको छ।

नेपाल विद्यार्थी संघकी निवर्तमान केन्द्रीय सदस्य भुसाल हाल नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग पनि आबद्ध हुनुहुन्छ। पेशागत रूपमा उहाँ बायोमेडिकल क्षेत्रमा कार्यरत हुनुहुन्छ।

अर्घाखाँचीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन सन्धिखर्कमा हुँदैछ। सोही निर्वाचनलाई लक्षित गर्दै भुसालले युवा महिला तर्फबाट आफ्नो उम्मेदवारी अघि सार्नुभएको हो।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?