icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

राजधानीका प्रतिबंधित सार्वजनिक क्षेत्रबाट निषेधाज्ञा हट्यो

काठमाडौं, ६ असार – काठमाडौंको चक्रपथभित्रका विभिन्न सार्वजनिक स्थानमा लगाइएको निषेधाज्ञा हटाइएको छ ।

Workplace

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै चक्रपथभित्र लगाइएको निषेधाज्ञालाई हटाएको जानकारी दिएको छ।

राजावादीहरूले जथाभावी विरोध प्रदर्शन गर्न थालेपछि प्रशासन कार्यालयले जेठ १८ गते चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला, जुलुश, प्रदर्शनलगायत विरोधका कार्यक्रम गर्न निषेध गरिएको थियो।

निषेधाज्ञा हटाइए पनि ती क्षेत्रमा कुनै कार्यक्रम गर्न भने प्रशासनसँग अनुमति लिनुपर्ने जनाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जारी गरेको विज्ञप्तिमा निषेधाज्ञा लगाइएका ठाउँहरूमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कार्यक्रम गर्न सकिने बताइएको छ।

सुचानामा उल्लेख गरिएको उक्त सुचना यस्तो छ ‘मिति २०८२/०२/१८ गतेको आदेश मार्फत काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथ भित्रका तोकिएको स्थान बाहेकका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू गर्न निषेध आदेश जारी गरेकोमा हाललाई जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कार्यक्रम गर्ने गरी उक्त आदेश कायम नरहेको व्यहोरा गराइन्छ,’सूचनामा भनिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?