सुर्खेतमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु

समाचार सारांश
Auto Generated by AI
  • सुर्खेतको लेकबेंसीमा मोटरसाइकलको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी थिइन्।
  • उपचारका लागि विभिन्न अस्पताल लगिएकी ५५ वर्षीया आशा बुढाको मृत्यु भएको छ।
  • घटनामा संलग्न १७ वर्षीय चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुर्खेत।सुर्खेतको लेकबेंसी नगरपालिका–१०, झुप्रामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

Workplace

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भदौ २७ गते बिहान लेकवेशीबाट भुतचोकतर्फ आउँदै गरेको भे ६ प ४७३ नम्बरको मोटरसाइकलले पैदलयात्री वीरेन्द्रनगर नगरपालिका–१०, बरीपाटी निवासी ५५ वर्षीया आशा बुढालाई ठक्कर दिएको थियो।

मोटरसाइकल १७ वर्षीय मनोज आचार्यले चलाएका थिए। दुर्घटनामा गम्भीर घाइते बुढाको शरीरमा बाहिरी चोट नदेखिए पनि भित्री चोट लागेको र अवस्था अचेत रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बुढालाई उपचारका लागि सुरुमा माया नर्सिङ होम अस्पताल लगिएको थियो। त्यसपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेत पठाइएको थियो। त्यहाँबाट थप उपचारका लागि नेपालगञ्जस्थित नसिंह होम रिफर गरिएको थियो।

बुढाको भदौ २८ गते बिहान ७ः२० बजे नरसिंह होम नेपालगञ्जमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?