icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

रुकुमपूर्वमा आधारित अनलाइन पोर्टल समावेशी मिडिया डट कम तेस्रो वर्षमा प्रवेश

रुकुम – रुकुमपूर्वमा आधारित अनलाइन पोर्टल समावेशी मिडिया डट कम तेस्रो वर्षमा प्रवेश गरेको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई २०८१ असोज २ गतेदेखि सञ्चालनमा आएको “समावेशी रुकुम मिडिया हाउस प्रा.लि.” अन्तर्गत यस अनलाइन मिडियाले निरन्तर दुई वर्षको सफल प्रकाशन यात्रा पूरा गरेको हो ।

Workplace

स्थापना कालदेखि नै समावेशी मिडिया डट कम ले सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा अडिग रहँदै ग्रामीण भेग, दुर्गम क्षेत्र र समाजका वञ्चित वर्गहरूको आवाजलाई प्राथमिकतामा राख्दै समाचार, विश्लेषण, विचार, विशेष खोज तथा अनलाइन सामग्री प्रस्तुत गर्दै आएको छ । डिजिटल माध्यमलाई उपयोग गर्दै सबै क्षेत्रका पाठक, दर्शक, श्रोतासँग प्रत्यक्ष जोडिने र सूचनाको पहुँच विस्तार गर्ने उद्देश्य यस मिडियाले अगाडि बढाएको छ ।

दुई वर्षको अवधिमा यस मिडियाले स्थानीय सरकार, समाज, राजनीति, कृषि, खेलकुद, शिक्षा, आर्थिक, फिचरलगायतका राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका समाचार र विषयगत सामग्री प्रस्तुत गर्दै आएको छ । सम्पादकीय तथा विविध सामग्रीमार्फत लोकतन्त्र, सामाजिक न्याय, लैङ्गिक समानता र समावेशीकरणको पक्षमा निरन्तर अभिव्यक्ति दिँदै आएको छ ।

तेस्रो वर्षमा प्रवेशसँगै मिडियाले अझ प्राविधिक रूपमा सुदृढ, सामग्रीका हिसाबले विविध र समावेशी पत्रकारितामा थप अग्रसर हुने लक्ष्य राखेको अध्यक्ष तथा प्रबन्ध निर्देशक निराजन वि.क. (सिर्पाली) ले जानकारी दिनुभयो । उहाँले ग्रामीण भेगको आवाजलाई राष्ट्रिय मञ्चमा पु¥याउने आफ्नो संकल्प यथावत रहने उल्लेख गर्दै पाठक, विज्ञापनदाता, सरकारी तथा गैरसरकारी निकाय, पत्रकार तथा स्थानीय जनप्रतिनिधिहरूको सहयोगको अपेक्षा गर्नुभयो ।।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?