तेहरान, इरान –इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईले गाजा युद्धप्रति कडा धारणा सार्वजनिक गर्दै भनेका छन् “थोपिएको युद्धमा हामी आत्मसमर्पण गर्नेछैनौं।” उनले अमेरिकी हस्तक्षेपले समस्या झन् गहिरिने चेतावनी दिएका छन् भने इजरायललाई समेत गम्भीर चेतावनी दिएका छन्।

आज एक सार्वजनिक टिभी च्यानल मार्फत सम्बोधनमा खामेनेईले अमेरिका र इजरायल दुवैलाई लक्षित गर्दै आक्रोशपूर्ण भाषण दिएका हुन्। उनले गाजा युद्धलाई ‘थोपिएको युद्ध’ भन्दै त्यसविरुद्ध संघर्ष जारी राख्ने घोषणा गरेका छन्।
“हामी थोपिएको युद्धबाट डराउँदैनौं र आत्मसमर्पण गर्नेवाला होइनौं,” खामेनेईले स्पष्ट रूपमा भने। उनले इजरायललाई चेतावनी दिँदै थपे, “यदि इजरायली सरकारले गाजामा आक्रमण जारी राख्यो भने त्यसको असर क्षेत्रीय युद्धमा बदलिन सक्नेछ। र त्यो युद्ध इजरायलको नियन्त्रणभन्दा बाहिर जान्छ।”
उनले अमेरिका, विशेष गरी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई इजरायलको ‘अन्ध समर्थन’ दिएको भन्दै आरोप लगाए। खामेनेईका अनुसार अमेरिकाको यस्तो नीति गाजाका निहत्था जनतामाथि अझै क्रूरता बढाउने दिशामा उन्मुख छ।
“अमेरिकाको हस्तक्षेपले शान्ति होइन, अझ ठूलो विनाश निम्त्याउनेछ,” उनले भने।
खामेनेईले मुस्लिम देशहरूलाई एकताबद्ध हुन आह्वान गर्दै भने, “यो समय मुस्लिम जगतले एउटै स्वरमा बोल्नुपर्छ र गाजाको स्वतन्त्रताका लागि ठोस कदम चाल्नुपर्छ।”
यसैबीच, इजरायल र हमासबीच गाजामा जारी हिंसा थामिने छाँट देखिएको छैन। इरान, लेबनानको हिजबुल्लाह समूह र यमनका हूथी लडाकुहरूको समेत इजरायलविरुद्ध चेतावनी जारी भइरहेका छन्। खामेनेईको यो वक्तव्यले पश्चिम एसियाली क्षेत्रमा थप तनाव चुलिन सक्ने अनुमान गरिएको छ।
यता भने इरान र इजरायलको भीषण युद्ध चलिरहेको छ आज सातौ दिन पनि इ दुई देश बीच मिसाइल हान हान गरिरहेका छ्न । युद्ध कुनै कुराको समाधान हैन दुबै देश संवाद बाट मात्र युद्ध रोकन सकिने र हरेक परिस्थितिबाट पार पाउन सकिने छ ।
