
- गुल्मीको बलेटक्सारबाट नक्कली चुरोटसहित एक व्यक्ति पक्राउ परेका छन्।
- प्रहरीले भ्यान जाँच गर्दा खुकुरी चुरोट जस्तो देखिने १४० बट्टा नक्कली चुरोट बरामद गरेको छ।
- पक्राउ परेका व्यक्तिलाई थप कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय बुटवल पठाइएको छ।
गुल्मी।गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सार बजारबाट ।नक्कली चुरोटसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएअनुसार बुधबार दिउँसो प्रहरीले लु.प्र. ०१–००१ च ४६३० नम्बरको भ्यान खानतलासी गर्दा खुकुरी चुरोटजस्तो देखिने नक्कली चुरोट १४० बट्टा फेला पारेको हो।
पक्राउ पर्नेमा प्यूठानको झिमरुक गाउँपालिका–३ का ४० वर्षीय गोपाल परियार रहेका छन्। बरामद चुरोट र भ्यानसहित उनलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ।
