
- प्रतिनिधि सभा सदस्यहरूको शपथपछि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ।
- उक्त बैठकले संसदीय दलको नेता चयन गर्ने विषयमा औपचारिक निर्णय लिनेछ।
- केन्द्रीय समिति बैठक लगत्तै साँझ ५ बजे संसदीय दलको बैठक बस्ने तयारी छ।
काठमाडौ -नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण पश्चात अब राष्ट्रिय स्वतन्त्र पार्टी ४ बजेदेखि हुने केन्द्रीय समितिको बैठक तयारीमा जुटेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठकको तयारी अन्तिम अवस्थामा पुगेको छ।
बैठकले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता विषयमा निर्णय लिने रास्वपा प्रवक्ता मनिष झाले बताए।
शपथ ग्रहण पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय समितिका सदस्यहरू पार्टी केन्द्रीय कार्यालयमा आउने क्रम जारी छ।
केन्द्रीय समिति बैठक लगत्तै ५ बजे संसदीय दलको बैठक बस्नेछ। बैठकले केन्द्रीय समितिले निर्णय गरेको नेतालाई संसदीय दलको नेता घोषणा गर्नेछ।
