प्रवासी नेपालीका मुद्दा, नेपाल–भारत सम्बन्ध र क्षेत्रीय राजनीतिमा प्रचण्डको स्पष्ट धारणा

नयाँ दिल्ली — नेपाली समाज भारतको आयोजनामा भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीस्थित लाजपत भवन अडिटोरियम, लाजपत नगर (मूलचन्द मेट्रो स्टेशन नजिक) मा “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम” मिति ०५ जनवरी २०२६ का दिन भव्य रूपमा सम्पन्न भएको छ।

Workplace

कार्यक्रममा नेपाल सरकारका सम्माननीय पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी भई प्रवासी नेपाली समुदायलाई सम्बोधन गर्नुभएको थियो।
उहाँले भारत प्रवासमा रहेका नेपालीका साझा समस्या ,उनीहरूको योगदान, अधिकार र सम्मानका विषयमा उल्लेख गर्दै प्रवासी नेपालीहरु राष्ट्र निर्माणका महत्वपूर्ण साझेदार भएको धारणा व्यक्त गर्नुभएकाे थियाे।

सम्बोधनका क्रममा प्रचण्डले आगामी निर्वाचनलाई लोकतान्त्रिक प्रणाली सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै प्रवासी नेपालीको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो।

साथै नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरीय सम्बन्धलाई अझ मजबुत बनाउन आपसी विश्वास, सहकार्य र संवाद अपरिहार्य रहेको उल्लेख गर्दै
उक्त कार्यक्रमको अध्यक्षता नेपाली समाज भारतका अध्यक्ष रामबहादुर डागीले गर्नुभएको थियो भने सञ्चालन महासचिव आर.बी. खड्काले गर्नुभएको थियो। कार्यक्रमको सुरुआत नेपाली समाज भारतका केन्द्रीय उपाध्यक्ष नारायण बञ्जाडेले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो।

उक्त अवसरमा नेपाली समाज भारतका उपाध्यक्ष उषा थापा, उपमहासचिव राजु केसी, नागेन्द्र ढकाल, रवि कुमार, सचिवहरू कमला शर्मा, नारायण बीके, नवराज सेडाई, शोभाराम रसाली, कोषाध्यक्ष मानु श्रेष्ठ, सह–कोषाध्यक्ष ठाकुर भुसाल, प्रवासी नेपाली एकता मञ्चका उपाध्यक्ष वेदप्रकाश भण्डारी, केन्द्रीय नेताहरू नवल केसी, अर्जुन दयाल, बेल पुन, राधा आर्याललगायत नेपाली समाज भारतका केन्द्रीय नेता, कार्यकर्ता, विभिन्न संघ–संस्थाका प्रतिनिधि, कलाकार, पत्रकार तथा नेपाल–भारत मैत्री सम्बन्ध प्रवर्द्धनमा सक्रिय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियाे ।

कार्यक्रममा भारतका विभिन्न राज्यहरूबाट आएका एक हजारभन्दा बढी प्रवासी नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले प्रवासी नेपालीका अधिकार, सम्मान, संगठन सुदृढीकरण, एकता तथा भविष्यका कार्यदिशाका विषयमा गहन छलफल गरेका थिए।

कार्यक्रमकै क्रममा नेपाल खोज खबरका पत्रकार अर्जुन थापा तथा डीसी नेपालका पत्रकार भरत पौडेलसहितको पत्रकार टोलीले पूर्व प्रधानमन्त्री प्रचण्डसँग विशेष साक्षात्कार गरेको थियो।
साक्षात्कारका क्रममा भारत प्रवासमा रहेका नेपालीका समस्या, त्यसको समाधानका उपाय, नेपालको शान्ति र विकासमा भारतको भूमिका तथा क्षेत्रीय शक्ति सन्तुलनका विषयमा प्रश्न उठाइएको थियो।

प्रचण्डले ती विषयमा आफ्नो धारणा राख्दै विगतका राजनीतिक घटनाक्रमबारे स्पष्ट पार्दै उहाँले लोकतान्त्रिक प्रक्रिया र संवैधानिक व्यवस्थाप्रति आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै राजनीतिक स्थायित्वका लागि संवाद र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

साक्षात्कारका क्रममा प्रचण्डले भारत भ्रमणका  क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार  अजित डोभाल लगायत त्यहाँका शीर्ष राजनीतिक नेतृत्वसँग भएका भेटघाट र छलफल सकारात्मक रहेको जानकारी गराउँदै नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएकाे थियाे।

कार्यक्रमको अन्त्यमा नेपाली समाज भारतले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै प्रवासी नेपाली समुदायलाई एकताबद्ध गर्ने, उनीहरूको हक–अधिकारका लागि आवाज उठाउने तथा नेपाल–भारतबीचको मैत्री सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएकाे थियाे ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?