नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल खेल वर्षाका कारण रद्द

समाचार सारांश
Auto Generated by AI
  • वर्षाका कारण नेपाल र श्रीलंकाबीचको एसियन गेम्स क्रिकेट क्वाटरफाइनल खेल रद्द भयो।
  • वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा प्रवेश गर्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।
  • लगातारको वर्षाले गर्दा खेल हुन नसकेपछि नेपालको यात्रा क्वाटरफाइनलमै टुंगिएको छ।

जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएको छ।

Workplace

आज बिहान पौने ६ बजेदेखि सुरु हुनुपर्ने खेल लगातारको वर्षाका कारण सञ्चालन हुन नसकेपछि रद्द गरिएको हो। खेल रद्द भएसँगै वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा प्रवेश गरेको छ भने नेपालको यात्रा क्वाटरफाइनलमै समाप्त भएको छ।

- Advertisement -Workplace

नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गरेको थियो। जापानसँगको खेल भने वर्षाका कारण नतिजाविहीन भएपछि नेपाल समूह विजेता बन्दै क्वाटरफाइनल पुगेको थियो।

यसअघि सन् २०१०, २०१४ र २०२२ को एसियन गेम्समा पनि नेपाल क्वाटरफाइनलबाटै बाहिरिएको थियो। यसपटक पनि नेपालले सोही चरण पार गर्न सकेन।

यसअघि हङकङ–पाकिस्तान तथा भारत–अफगानिस्तानबीचका क्वाटरफाइनल खेल पनि वर्षाका कारण रद्द भएका थिए। ती खेलमा वरीयताका आधारमा पाकिस्तान र भारत सेमिफाइनल पुगेका छन्।

अन्तिम क्वाटरफाइनलमा आजै मलेसिया र बंगलादेशबीच खेल हुने तालिका छ। उक्त खेलमा पनि वर्षा बाधक बन्ने सम्भावना रहेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?