अर्घाखाँचीमा जेन्जी आन्दोलनका सहिदहरूको सम्झनामा दीप प्रज्वलन

अर्घाखाँची । जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२, भक्तिटोला चोकमा दीप प्रज्वलन गरिएको छ।
भदौ २३ गते साँझ ६ बजे आयोजित कार्यक्रममा आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदान र बलिदानको स्मरण गरिएको हो।

Workplace

कार्यक्रमको समन्वय तथा सहजीकरण स्वतन्त्र युवा अभियन्ताहरू पुष्कर पौडेल, श्याम खनाल, प्रकाश श्रेष्ठलगायतले गरेका थिए भने कार्यक्रमको सञ्चालन स्वतन्त्र पत्रकार जिल्ला अध्यक्ष गुरुदेव खनालले गरेका थिए।
कार्यक्रमको सुरुवात राष्ट्रिय गानसहित सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणबाट गरिएको थियो। सहभागीहरूले सहिदहरूको तस्वीरमा टीका तथा माला अर्पण गर्दै सम्मान प्रकट गरे। त्यसपछि मौनधारण गर्दै सहिदहरूको सम्झनामा दीप प्रज्वलन गरिएको थियो।

कार्यक्रममा सहभागी युवाहरू तथा नागरिकहरूले जेन्जी आन्दोलनका क्रममा उठाइएका माग र आवाजलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने, सहिदहरूको बलिदानको सम्मान हुनुपर्ने तथा न्याय, सुशासन, जवाफदेहिता र समृद्ध समाज निर्माणतर्फ राज्य अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
सहिदहरूको बलिदानलाई केवल स्मरणमा सीमित नराखी उनीहरूले देखाएको परिवर्तनको बाटो र अपेक्षालाई व्यवहारमा उतार्नुपर्ने सहभागीहरूको भनाइ थियो।

कार्यक्रममा स्थानीय युवा, नागरिक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका प्रवन्धक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?