२६ फाल्गुन २०८२, मंगलबार

सुनको भाउमा नयाँ कीर्तिमान : तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँ पुग्यो

आज सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Workplace

पछिल्लाे काराेबार भएको दिन अस्ति बुधवार सुनको भाउ तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज एकैदिन सुनको भाउ तोलामा चार हजार रुपैयाँले बढेको हो ।

यसअघि गएको फागुन १३ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

यस हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलाको एक लाख ७० हजार तीन सय रुपैयाँ रहेको थियो । सुनको कारोबार भएको यस हप्ताको पहिलो दिन र अन्तिम दिनको तुलना गर्दा चार हजार दुई सय रुपैयाँले बढी हो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज ५० रुपैयाँले बढेर तोलाकाे दुई हजार ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?