सुनको भाउमा नयाँ कीर्तिमान : तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँ पुग्यो

आज सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Workplace

पछिल्लाे काराेबार भएको दिन अस्ति बुधवार सुनको भाउ तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज एकैदिन सुनको भाउ तोलामा चार हजार रुपैयाँले बढेको हो ।

- Advertisement -Workplace

यसअघि गएको फागुन १३ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

यस हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलाको एक लाख ७० हजार तीन सय रुपैयाँ रहेको थियो । सुनको कारोबार भएको यस हप्ताको पहिलो दिन र अन्तिम दिनको तुलना गर्दा चार हजार दुई सय रुपैयाँले बढी हो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज ५० रुपैयाँले बढेर तोलाकाे दुई हजार ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?