
- स्थानीय बजारमा आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ।
- चाँदीको मूल्य भने आज तोलामा ९० रुपैयाँले घटेर चार हजार ३२५ कायम भएको छ।
- आज एक तोला छापावाल सुन दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० ले बढेको छ भने चाँदी रु ९० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मोल रु दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ३२५ निर्धारण भएको छ ।
हिजो एक तोला सुन रु दुई लाख ८४ हजार ८०० र चाँदी चार हजार ४१५ मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५९ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
