सुनको मूल्यमा भारी गिरावट: एकैदिन तोलामा ८,८०० ले घट्यो

समाचार सारांश
Auto Generated by AI
  • नेपाली बजारमा सुनको मूल्य बुधबार एकैदिन ८ हजार ८०० रुपैयाँले घटेको छ।
  • भारी गिरावटसँगै छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको छ।
  • सुनसँगै चाँदीको मूल्य पनि घटेर बुधबार प्रतितोला ४ हजार ५८० रुपैयाँमा झरेको छ।

नेपाली बजारमा पछिल्लो एक सातादेखि निरन्तर ओरालो लागिरहेको सुनको मूल्य बुधबार ह्वात्तै घटेको छ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार ८०० रुपैयाँले घटेको छ।

- Advertisement -Workplace

मूल्यमा आएको यस भारी गिरावटसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै सोमबार तोलामा २ हजार ४०० रुपैयाँले घट्दै ३ लाख ६ हजार ६०० रुपैयाँमा झरेको सुनको मूल्य आइतबार पनि तोलामा ९ हजार ५०० रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार चाँदीको मूल्य तोलामा १८५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

मङ्गलबार तोलामा १५ रुपैयाँले घटेर चाँदी ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो भने सोमबार र आइतबार प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?