भक्तपुरमा मोटरसाइकल दुर्घटना, २२ वर्षीया युवतीको मृत्यु

समाचार सारांश
Auto Generated by AI
  • भक्तपुरको सूर्यविनायकमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीया युवतीको मृत्यु भएको छ।
  • दुर्घटनामा गम्भीर घाइते भएकी कृषा राजभण्डारीको उपचारका क्रममा अस्पतालमा निधन भएको हो।
  • चालकको उपचार भइरहेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौ।भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सिर्जना नगरस्थित महाकाली पेट्रोल पम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीया युवतीको मृत्यु भएको छ। बुधबार बिहान करिब ९ः५० बजे सल्लाघारीबाट राधेराधेतर्फ जाँदै गरेको बा.प्र.०२–०४३ प १५१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

Workplace

दुर्घटनामा मोटरसाइकल चालक रामेछाप नगरपालिका–४ घर भई हाल भक्तपुरको झौखेल बस्दै आएका ३० वर्षीय नुरबहादुर अछामी र पछाडि सवार सूर्यविनायक–५ सल्लाघारीकी २२ वर्षीया कृषा राजभण्डारी घाइते भएका थिए। दुवैलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा कृषा राजभण्डारीको मृत्यु भएको हो।

मोटरसाइकल चालक नुरबहादुर अछामीको भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?